शिवराज नगरपालिकामा HPV खोप अभियान सुरु: ७५०० किशोरीलाई लक्षित
दिपक खड्का
शिवराज नगरपालिकाले HPV खोप अभियानको तयारीलाई सशक्त बनाउन नगरस्तरीय अभिमुखीकरण गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ । विक्रम संवत २०८१ साल माघ २२ गतेदेखि फागुन ६ गतेसम्म विद्यालयहरू र खोप केन्द्रमार्फत सञ्चालन हुने यो अभियानले १० देखि १४ वर्षका ७,५०० किशोरीहरूलाई लक्षित गरेको स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारीदिनु भयो । भट्टराईले यो अभियानमा २८४ जना स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो ।
डा. अस्लम अहमदले अभिमुखिकरणका क्रममा HPV खोपको महत्त्वबारे प्रकाश पार्दै, यो खोपले गर्भाशयको क्यान्सर, जननेन्द्रियको क्यान्सर, र जननेन्द्रियको मासुका ट्युमरजस्ता समस्याबाट बचाउने उल्लेख गर्नुभयो।
नगरप्रमुख अजय थापाले खोप अभियानलाई सफल बनाउन सबै किशोरीहरूलाई सहभागी हुन आह्वान गर्नुभयो । कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख धनश्याम न्यौपाने, उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष इश्वरी पाण्डे, मानव अधिकारकर्मी विष्णु प्रसाद खतीवडा, र स्थानीय पत्रकारहरूको पनि सक्रिय उपस्थिति रहेको थियो। सबैले अभियान सफल बनाउन आ-आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























