शिवपुर स्वास्थ्य संस्थाले सुत्केरी महिला,गर्भवती महिला र स्वयंसेविकाहरुलाई सामाग्री वितरण
दिपक खड्का चन्द्रौटा, कपिलवस्तु ।
शिवराज नगरपालिका वडा नं. १ मा रहेको शिवरपुर स्वास्थ्य चौकीले आफ्ना कार्यक्षेत्रका सुत्केरी महिला, गर्भवती महिला, र सामुदायिक स्वास्थ स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरूप विभिन्न सामग्री एक कार्यक्रम बिच गरि वितरण गरेको छ ।
कार्यक्रममा सुत्केरी महिलाहरुलाई घ्यू र साबुन, गर्भवती महिलाहरुलाई अन्डा, र महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई फिल्टर तथा जग वितरण गरिएको शिवरपुर स्वास्थ्य चौकी कि प्रमुख पुर्णिमा खनालले जानकारी दिनु भयो ।
कार्यक्रमाका प्रमुख अतिथि शिवराज नगरप्रमुख अजय थापाले सुत्केरी र गर्भवती महिलाहरुलाई पोषण र स्वास्थ्यप्रति विशेष ध्यान दिन आग्रह गर्दै पोषणयुक्त आहार-जस्तै अन्डा, घ्यू, सागसब्जी, गेडागुडी, र दूध शरिरको लागि अत्यन्त महत्त्वपुर्ण भएको बताउनु भयो ।
शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले “आमाले खानामा ध्यान दिए नवजात शिशुहरुलाई पोषक तत्त्व प्राप्त हुने भएकोले गर्ववती आमाहरुले आफ्नो खानपानमा ध्यानदिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका वडा अध्यक्ष खिम विक्रम केसीले अघिल्ला वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू संचालन गरिएको बताउदै वडाले दुई सय पैतिस महिलाहरुलाई प्रोत्साहन स्वरुप विभिन्न सामग्री वितरण गरिएको बाउनु भयो ।
कार्यक्रम शिवराज नगरप्रमुख अजय थापाको प्रमुख आथित्यतामा वडा अध्यक्ष खिम विक्रम केसिको अध्यक्षतामा र स्वास्थ्य शाखा प्रमुख पुर्णिमा खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























