अनेम संघको गतिविधि तिब्र, शिवराज ९ मा वडा कमिटी गठन
कमल बिस्ट, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा अनेम संघले आफ्ना गतिविधि लाई तिब्र बनाएको छ, आज शिवराज ९ नम्बर वडामा नेकपा एमालेको जनबर्गीय संगठन अखिल नेपाल महिला संघ शिवराज नगरपालिका ९ नम्बर वडाको वडा स्तरीय सम्मेलन बाट वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ ।
सम्मेलनले दल कुमारी बिस्तारूको अध्यक्षतामा १४ सदस्यीय वडा कमिटी गठन गरेको हो, जसको उपाध्यक्षमा अमृता सुनार, सचिव इन्द्रा बोहरा, सह-सचिव सरु मगर, कोषाध्यक्ष सिल्पा थारु रहनुभएको छ भने सदस्यहरूमा उषा पुन, गीता जिसी, द्वारीका कुवर, चमिला खत्री, सिर्जना अर्याल, रेश्मी अधिकारी, कविता शाही, गोमा बिष्ट र राधा थापा रहेका छन् ।
कार्यक्रमका वक्ताहरूले शुभकामना मन्तव्य राख्दै वक्ताहरूले महिलाहरूको सक्रिय सहभागिता, नेतृत्व र पहलक्द्मीले मात्र समाज रुपान्तरण हुन सक्ने बताउदै मुलुक बनाउने अभियानमा जोडिन अनेम संघको अभियान सङ्गै जोडिएर अघि बढ्न आह्वान गर्दै कार्य समिति लाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
अनेम संघ वडा कमिटी अध्यक्ष विष्णु पौडेलको अध्यक्षता, अनेमसंघ पूर्व केन्द्रिय कमिटी सदस्य, पार्टी जिल्ला कमिटी सदस्य तथा शिवराज नगरपालिकाकि उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यता, नेकपा एमाले शिवराज नगर कमिटीअध्यक्ष जगत पौडेल, उपाध्यक्ष महादेव पोख्रेलको विशिष्ट आतिथ्यता, अनेम संघ प्रदेश कमिटी सदस्य हिरा अर्याल, कृष्ण पौडेल, अनेम संघ जिल्ला सचिव लक्ष्मी हमाल, सदस्य गङ्गा घर्ती मगर, पार्वती सुवेदी, अनेम संघ नगर कमिटी सदस्य विष्णु सोती लगायतको आतिथ्यता रहेको कार्यक्रम नगर कमिटी सचिव कमला डुम्रेको सन्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























