चन्द्रौटा, ३० साउन ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३, मदवामा निःशुल्क आँखा जाँच कार्यक्रम भएको छ । ३ नम्बर वडा कार्यालय र चनई स्वास्थ्य चौकीको संयुतm आयोजना र छन्द ¬(¬कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको जनाइएको छ ।

निःशुल्क आँखा जाँच कार्यक्रमबाट ३ सय ९० जना लाभग्राहीले सेवा लिएको चनाई स्वास्थ्य चौकाका प्रमुख जितेन्द्र बि.सी.ले बताए । उनका अनसार ३ सय ७० जना आँखा पाक्ने रोगमा बिरामी रहेका छन् । यस्तै २२ जना मोतिया बिन्दुका बिरामी रहेका छन् । ६९ जना बिरामीलाई चश्मा वितरण गरिएको उनले जानकारी दिए । उनीहरुलाई औषधी तथा चश्मा निःशुल्क वितरण गरिएको छ ।

स्थानीय आम नागरिकहरुको समस्याहरुलाई मध्यनजर गरी कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । यस शिविरले ग्रामिण भेगका आम नागरिकहरुलाई सहजता प्रदान भएको स्थानियको भनाई छ ।