कपिलवस्तुमा आँखा पाक्ने रोगका बिरामी बढ्न थाले
कपिलवस्तुमा आँखा पाक्ने रोगका बिरामी बढ्न थालेका छन्। पछिल्लो समय प्रकोपका रुपमा बढ्दै गएको आँखा पाक्ने रोगका बिरामीहरू बढ्दै गएका छन् । बिरामीहरु जिल्ला अस्पताल तथा विभिन्न उपचार केन्द्रमा गएर उपचार गरिरहेका छन् ।
छन्द कालेबाबु नारायण आँखा अस्पताल बहादुरगञ्जका अनुसार गतसाता देखि दैनिक ५ सय बिरामीहरू अस्पतालमा आउने गरेका छन् । विगतमा भन्दा अहिले दैनिक विरामीको सख्या बढेको अस्पतालका प्रशासकिय अधिृकत जसराज विश्वकर्माले बताउनुभयो । पछिल्लो दिनहरुमा आँखा बिझाउने रातो हुने आँसु आउने घाममा हेर्न नमिल्ने लक्षणका बिरामीहरू आउने गरेको बताउनुभयो । मौसम परिवर्तन र दूषित वातावरणले गर्दा आँखा पाक्ने रोगका बिरामी बढेका हुन्।
आँखा पाक्ने रोगवाट विद्यार्थीहरु बढि प्रभावित भएका छन् । कतिपय विद्यालयलाई विद्यालय बन्द गरेर अनलाईन कक्षा समेत संचालन गरेका छन् । विद्यार्थीहरुको भौतिक उपस्थित न्यून हुन थालेपछि अनलाइन मार्फत कक्षा संचालन गरिएको हो । आँखा पाक्ने रोग जोखिम बढेकोले सर्तक रहन शिवराज नगरपालिकाका प्रमुख अजय थापाले नगरवासिलाई आग्रह गर्नुभएको छ । आँखा केहि समस्या देखिएको अस्पतालमा उपचार गराउने र बाहिर अनावश्यक नहिड्न सुझाव दिनुभएको छ ।
यस्तै, अस्पतालका नेत्र विशेषज्ञ शिलु थापाका अनुसार बिरामीहरूमा प्रायजसो आँखा रातो हुने समस्या लिएर अस्पताल आउने बिरामी बढेको बताउनुभभयो । उहाले बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने उनको भनाइ छ।
‘कन्जन्टेभाइटिस अर्थात् आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ, यो सरुवा रोग हो। आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुनिन्छ । यसमा आँखाबाट आँसु बग्ने, चिप्रा लाग्ने, परेलीको डिल सुन्निने हुन्छ । जसले गर्दा घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने आदि समस्या हुन्छ ।
‘सङ्क्रमण विभिन्न कारणले हुने हुँदा सम्बन्धित अस्पतालमै गएर जाँच गराउनुपर्छ, आँखाको भाइरल एउटा परिवारमा देखिए सबैमा सर्न सक्ने भएकाले सरसफाइमा ख्याल गर्नुपर्ने भनाइ छ। ढिला गरी उपचारमा आउँदा आँखाको नानीमा घाउ हुने भएकाले पनि हेलचेक्र्याइँ नगर्न उनको सुझाव छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























