गर्भावस्थामा दही खानु लाभदायक कि हानीकारक?
काठमाडौं : दही एउटा धेरै पौष्टिक खानेकुरा हो। पोषणविदहरूले यसलाई स्वास्थ्यका हिसाबले फाइदाजनक भनेका छन्।
प्रोटिन, क्याल्सियम, भिटामिन बी १२ को धेरै राम्रो स्रोत हो दही। तर गर्भवतीहरूले प्रायः यसलाई आहारमा खासै समावेश गरेको पाइँदैन।
कतिपयलाई लाग्न सक्छ कि दही खाँदा गर्भमा रहेको शिशुलाई बेफाइदा गर्छ। थाहा पाइ राखौं गर्भवतीले दही खाँदा फाइदा गर्छ कि बेफाइदा।
के गर्भावस्थामा दही खानु ठीक हुन्छ?
विश्व स्वास्थ्य संगठनले दहीलाई गर्भावस्थाका लागि स्वस्थकर आहार मानेको छ । साथै, अष्ट्रेलियाको नेशनल हेल्थ एण्ड मेडिकल रिसर्च काउन्सिलले पनि गर्भवतीलाई दैनिक आहारमा दही समावेश गर्न सल्लाह दिएको छ। काउन्सिलका अनुसार गर्भावस्थामा दहीको सेवन सुरक्षित मात्र नभएर धेरै फाइदाजनक पनि छ। आउनुहोस् जानौं यसका फाइदाहरु के कस्ता छन्।
यी हुन् गर्भावस्थाका वेला नियमित दही खानुका फाइदा
– दही खाँदा प्रतिरक्षा प्रणाली सुदृढ हुन्छ। दहीमा पाइने प्रोबायोटिक्स अर्थात् असल ब्याक्टेरियाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाएर वाह्य संक्रमणसँग लड्न मद्दत गर्छ।
– गर्भावस्थामा मुड स्विङ र तनावबाट बच्न दहीको सेवन लाभदायक हुन्छ। दहीमा पाइने प्रोबायोटिक्सले मुड सुधार्छ र चिन्ता घटाउँछ। यसमा अवसादसँग सम्बन्धित लक्षणहरू हटाउने क्षमता पनि छ।
– गर्भावस्थामा रक्तचाप बढ्ने समस्या आउन सक्छ जसले गर्भवतीको स्वास्थ्य र प्रसूतिमा जटिलता ल्याउन सक्छ। यस्तो अवस्थामा दही खानु फाइदाजनक हुन्छ, यसमा पाइने एन्टी-हाइपरटेन्सिभ प्रभावले रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ।
– हड्डी र मांसपेशी पनि बलियो हुन्छ। यसमा पाइने प्रोटिन र क्याल्सियमले हड्डीलाई कमजोर हुनबाट बचाउनुका साथै स्वस्थ मांसपेशी निर्माण गर्न मद्दत गर्छ।.
– गर्भावस्थामा एसिडिटी र पाचनसँग सम्बन्धित समस्याहरू देखा पर्छन्। यस्तो अवस्थामा गर्भवतीले दहीको सेवन गरेमा यस्ता पाचनसम्बन्धी समस्या नियन्त्रण गर्न मद्दत पुग्छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















