एजेन्सी
ब्राजिलमा गत जनवरी ८ मा सरकारी भवन तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै कदम नचालेको भन्दै ४० जना सैनिकलाई हटाइएको छ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कर्तव्यपालन गर्न अक्षम भएको भन्दै राष्ट्रपति निवासको सुरक्षामा रहेका ४० सैनिकलाई हटाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

लुलाले सरकारी भवनमा आक्रमण गर्न सुरक्षाबलका सदस्यहरूको संलग्नता रहेको आरोप पनि लगाएका छन्।

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सो नारोका हजारौँ समर्थकले गत अक्टोबरमा भएको चुनावको परिणाम उल्टाउन माग गर्दै संसद्, राष्ट्रपति भवन र सर्वोच्चअदालतमा धावा बोलेकाथिए।

तीमध्ये ३९ जनालाई मुद्दा चलाइएको समाचारमा जनाइएको छ ।