थपिए ७६ जना कोरोना संक्रमित, ८७ जना निको
काठमाडौं : आज कोरोनाका ७६ जना नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ६९ जनामा परीक्षण गरिएको थियो।
आज काठमाडौं उपत्यकामा नै ४० जना संक्रमित थपिएका छन्। काठमाडौंमा ३५ र ललितपुरमा ५ जना संक्रमित थपिएका छन्। यससँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७५० मा झरेको छ।
पछिल्लो एक दिनको अवधिमा ८७ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३७१ पुगेको छ। आज १ हजार ३२२ जना होम आइसोलेशनमा र ४९ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
अस्पतालमा उपचाररतमध्ये १० जना आइसियूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















