विजयनगर ।। महिला स्वयंसेविका स्तरीय डेगुं रोग रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट सम्बन्धी अभिमुखीकरण गोष्ठी मंगलबार सम्पन्न भएको छ । विजयनगर गाउँपालिका स्वास्थ्य शाखा आयोजनामा उक्त कार्यक्रम भएको हो ।

पछिल्लो समयमा डेगुंका बिरामीहरू देखा पर्न थालेपछि सचेतना मुलक कार्यक्रम सुरु गरिएका छन् । डेगुंका बिरामी देखा पर्न थालेपछि गाउँ गाउँमा लार्भा नष्ट अभियान समेत सञ्चालन हुने भएको छ ।

विजयनगरमा क्रियाशील महिला स्वयंसेविका हरु बाट प्रतेक हप्ता आफ्नो क्षेत्रमा पर्ने सरकारी तथा गैरसरकारी संस्था र टोल हरुमा परामर्श गर्ने योजना सहित आजको बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा स्वास्थ्यकर्मीहरू, महिला स्वयंसेविका सञ्चारकर्मीको सहभागीता रहेको थियो । डेगुंको लक्षणहरूमा रुघाखोकी लाग्ने , ज्वरो आउने , हातखुट्टा दुख्ने , कमजोरी महसुस हुने लगायतका लक्षण रहेका छन् । विशेषगरी सरसफाइको कमीका कारण यसको लार्भा निस्किने भएकाले आफ्नो घर आगन सरसफाइ राख्नुपर्ने जानकारी गराईएको थियो ।