कपिलवस्तुका तिन स्थानिय तहमा डेंगु, स्वास्थ्य कार्यालय गैरजिम्मेबार
कृष्णनगर । कपिलवस्तुमा डेंगु रोगका संक्रमित भेटिन थालेका छन् । साउन लागे पछि कपिलवस्तुमा पनि डेंगुका विरामी फेला परेका छन । अहिले जिल्लाको तिन स्थानिय तहमा डेंगुका विरामी भेटिएका छन । बाणगंगा नगरपालिकामा ४६ जना,कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउपालिकामा १ जना गरि जिल्लामा ४९ जना डेंगु रोगको विरामी फेला परेका छन ।
जस मध्धे बाणगंगा नगरपालिकाले ४६ जनाको पुष्टि गरे पनि कृष्णनगर र विजयनगरले पुष्टि गरेको छैन । बाणगंगा नगरपालिकाका विभिन्न स्थानमा भेटिएका ४६ जना डेंगु रोगका संक्रमित मध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि बुटवल पठाइएको छ । बाकी संक्रमितहरुको नगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाईएको छ । बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरभित्र डेंंगुका विरामी बढेपछि मंगलबार नगरका विभिन्न स्थानको निरिक्षण गरेको बताए ।
मंगलबार नगरका सबै सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई बोलाएर बाणगंगाले यस विषयमा सक्रियतापूर्वक काममा लाग्न निर्देशन दिए पनि जिल्ला जनस्वास्थय कार्यालयले चासो देखाएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले भने बाणगंग नगरपालिकामा ३९ जना विरामी भेटिएको स्विकार गरे ।
स्थानीय तहमा रहेको स्वास्थ्य शाखासँग सम्पर्क, समन्वय गरि जनसमुदायमा चेतनामुलक कार्यक्रमलाई तीव्रतासमेत दिने बताए उल्लेख गरे । यस्तै स्वास्थ्य कार्यालय जिम्मेवार नबन्दा कपिलवस्तुमा विभिन्न विपतहरुको सामना गर्नुपरेको छ । गत वर्ष हैजाको सुचना लुकाउदा आम नागरिकहरुमा हैजा फैलिदा ठुलो समस्या सिर्जना भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















