अनेरास्ववियु कपिलवस्तु १० औं राष्ट्रिय महाधिवेशन सफल पार्न जादै
कपिलवस्तु ७ मंसिर
अनेरास्ववियु कपिलवस्तु जिल्ला
कमिटि कपा एमालेको यहि मंसिर
१० देखि १२ गते सम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशन सफल पार्नकाे लागि आज दिउसाे हिडेकाे छ।१० औं राष्ट्रिय महाधिवेशन सफल
पार्न मंसिर १० गते मध्यान्ह १२ वजे
चितवनमा जान आग्रह गर्दै मंगलवार
विहान जिल्लाका विभिन्न स्थानमा
प्रचार र्याली गरेको थियाे । विद्यार्थीहरुले
जिल्लाका विभिन्न क्याम्पसहरुमा
झण्डा र ब्यानर प्रदर्शन गर्दै प्रभातफेरी
गरेका थिए । जिल्लाको मुख्य वजार
४ नं , तौलिहवा , गोरुसिंगे , बोडगाउँ
लगायतका स्थानहरुमा मोटरसाइकल
र्याली समेत गरेको थियाे। आज अनेरास्ववियु कपिलवस्तु जिल्लाका अध्यक्ष तथा विद्यार्थीहरु झण्डा ,ब्यानर लिएर गएका छन। १० औं
राष्ट्रिय महाधिवेशन नेकपा (एमाले)को
पार्टी जीवनमा ऐतिहासिक र एकताको
महाधिवेशन भएकोले आम कार्यकर्ता
, शुभचिन्तक सबैलाई जानकारी
दिनुका साथै ऐतिहासिक कार्यक्रममा
सहभागी गराउन प्रचार गर्न लागिएको
अनेरास्ववीयुका केन्द्रीय सदस्य एवं
जिल्ला अध्यक्ष बाबुराम अर्यालले
बताउनु भयो । विभिन्न स्थानबाट जम्मा
भएका विद्यार्थीहरु उत्साहपुर्वक प्रचार
प्रसारमा लागेका थिए । कार्यक्रम सफल
पार्न सहयोग गर्ने उपस्थिती सबै प्रति
अनेरास्ववियुले धन्यवाद सहित आभार व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















