शिवराज,चन्द्रौटा । नगरपालिकाका दुई हजार सात सय तैतिस जनाले कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिए । शिवराज नगरपालिकाको ११ वटा वडाहरुमा रहेको स्वास्थ्य चौकी वाट खोप सेवा संचालन गरिएको भट्टराईले बताए । शिवराज नगरपालिका भित्र तिन हजार सात सय छिहत्तर जनालाई खोप सेवा दिने लक्ष्य रहेकोमा ७२.५५ प्रतिशत व्यक्तिहरुले खोप लगाई सकेको भट्टराईले बताए ।
शिवराज नगरपालिका ११ वटा वडाहरुको खोप तालिका ।