गोपाल बन्जाडे, कपिलवस्तु । विजयनगर गाँउपालिककोले अति विकटमा रहेका जनताहरुलाई स्वास्थ्य सेवामा वृद्धि गर्न वडाको तिन वटा स्थानमा आधारभूत स्वास्थ्य केन्द्रको समुद्घाटन गरि संचालनमा ल्याएको छ । अनाहकमा कसेको उपचार बिना ज्यान गुमाउना नपरोस भन्ने उपदेश्यका साथ सेवा केन्द्र संचालनमा आएको गाँउपालिकाका अध्यक्ष गोपाल कहादुर थापाले बताए ।
गाउँपालिकाको नागरिकलाई सरल र सुलभ तरिकाले उपचार पाउने बतातावरण बनाउन विजय नगरगाँउपालिकाको वडा नंं. १ मा पर्ने बनखेत, वडा नं. ४ को देवपुरा र वडा नं. ६ को बद्धौरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको थापाले बातए ।विजय नगर वासिलाई शिक्षा स्वास्थ्य र रोजगारमा पहुचँ आफनो प्रमुख प्राथमिकता रहेको समेत थापाले जिकिर गरेका थिए ।
नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुच स्थापित गर्न सरकारले लिएको नीति अनुसार प्रत्येक वडामा आभारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको हो, गाउँपालिका उपाध्यक्ष लक्ष्मी थारुले बताइन् । विगतमा वर्षहरुमा गर्भवती महिलाहरुले उपचारका लागि अन्य स्थानमा जाने बाध्यताको अन्य भएको र स्वास्थ्य केन्द्रहरुबाट जनताहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने गरि प्रत्येक वडाहरुमा स्वास्थ्य सेवा केन्द्रको स्थापना भएको थारुले बताइन् । अब बृद्धबृद्धा, गर्भवती, सुत्केरी महिला, बालबालिकालाई सहज तरिकाले स्वास्थ्य सेवा उपलब्ध हुने गाँउ पालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले बताए ।