कमल बिष्ट/ कपिलवस्तु नेपाल सरकारका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले यहि फागुन २३ गते बाट ५५ वर्ष माथिका उमेर समुहका नागरिकलाई कोरोना विरुद्ध खोप लगाउन शुरु गरीने जानकारी दिनुभएको छ ।
चन्द्रौटामा आज सम्पन्न ब्यापार संघ कपिलवस्तुले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपाल सरकारले खरीद गरी ल्याइएका १० लाख डोज कोरोना विरुद्धको खोप ५५ वर्ष माथिका उमेर समुहका नागरिकलाई लगाउन शुरु गरीने जानकारी दिनुभयो ।

खोप सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आम नागरिकमा मन्त्री तृपाठीले अपिल समेत गर्नुभयो । विश्वमा कोरोनाका बिभिन्न प्रकारका खोप उत्पादन भएतापनि नेपालका लागि सबै हिसाबले सुहाउदो खोपको नेपाल सरकारले ब्यवस्थापन गरेकाले स्थानीय पालिका र वडाहरुले सो उमेर समुहका नागरिकको संख्या एकिन गरी पठाएर खोप कार्यक्रम अगाडि बढाउन समेत निर्देशन दिनुभयो ।
कार्यक्रममा मन्त्री त्रिपाठी लाई सम्मान तथा मायाको चिनो प्रदान पछि मन्तव्य राख्दै ब्यापार संघ कपिलवस्तुका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष महादेव पोख्रेलले गरीबीमा गाजिएको मुलुकमा पनि यस महामारीका विच दुर्त गतिमा कोरोनाको खोप लगाउन शुरु गारेकोमा प्रसंशा गर्दै स्वास्थ्य मन्त्री र नेपाल सरकार लाइ धन्यवाद दिनुभयो ।
सोही कार्यक्रममा मन्त्री तृपाठी लाई नेपाल स्वास्थ्य प्राबिधिक संघ कपिलवस्तुले समेत सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो । स्वास्थ्य मन्त्री तृपाठीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, पुर्व मन्त्री श्वरदयाल मिश्र लगायतको विशिस्ट आतिथ्यता रहेको थियो , संस्थाका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षता, बरिस्ठ उपाध्यक्ष जगतप्रसाद पौडेलको स्वागत र महासचिब गोपाल बन्जाडेको सन्चालनमा सम्पन्न भएको थियो ।