चन्द्रौटा । शिवगढी स्वास्थ्य चौकीमा स्वास्थ्य महिला स्वयम सेविका,आमा समुह र कृष्ठ रोग प्रभावित व्यक्तिहरुलाई विभिन्न समाग्री वितरण गरि मनाईएको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र कुमार मिश्रले बताए ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने रोग हो । यो रोगले खास गरेर छाला, स्नायुमा असर गर्दछ । यो प्राचीनकालदेखि नै मानिससँग परिचित भए पनि सन् १९८३ मा मात्र नर्वेका वैज्ञानिक डा. जीए ह्यान्सनले कुष्ठरोग किटाणुको कारणले हुने रोग भनी पत्ता लगाएको इमप्रयाकट परियोजनाका नाती बेसारले बताए ।
यो दिवश सन् १९५४ बाट मनाउन थालीएको हो । यस दिवसको अभियानको उत्प्रेरणाले विश्वभर कुष्ठरोगको निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभावमा कमी हुँदै आइरहेको छ ।
यस वर्ष विश्व कुष्ठरोग दिवसको नारा’कोरोना महामारीमा हाम्रो संयमता, समयमै कष्ठरोग व्यवस्थापनमा सक्रियता भन्ने रहेको छ ।
नेपालबाट पनि कुष्ठरोग निवारणको घोषणा गरिएको भए पनि निवारणको स्थितिबाट थप न्यूनीकरणतर्फ उन्मुख हुनु तथा कुष्ठरोगको कारण अपांगता, असहाय तथा विपन्न भएकालाई समुचित व्यवस्थापन गर्दै जानु अहिलेको चुनौती भएको शिवराज नगरपालिकाका कार्यपालिका सदस्य चन्द्र बहादुर गहतराजले बताए ।
चेतनामूलक कार्यक्रमको माध्ययमबाट यसको न्यूनीकरण गर्न सकिन्छ तर रोग लुकाउने र रोग लागेका व्यक्तिका परिवार पनि रुढिवाढी चिन्तनको पछि लागेर घरमा कुष्ठरोग लागेको व्यक्ति भएको बताउन नचाहने परम्पराले यसको उल्मूलनमा बाधा उत्पन्न भएको गहतराजले बताए ।
विश्व स्वास्थ्य संगठनले यस रोगलाई विश्वका सबै राष्ट्रबाट प्रति दस हजार मानिसमा एकभन्दा कममा झारी निवारण गर्ने कार्यक्रम राखेकोमा पूर्णतः सफल भएको छ । नेपालमा सन् २०१६ सम्ममा एक लाख ७८ हजारभन्दा बढी कुष्ठरोग लागेका व्यक्तिले बहुऔषधि उपचार विधिबाट उपचार पूरा गरेका छन् ।
शिवराज नगर पालिकाको शिवगढी पनि कुष्ठरोग प्रभावित वडा भएपनि अहिले न्युनिकरण भई रहेको शिवराज नगरपालिकाका मेयर नेत्र राज अधिकारीले बताए ।
कुष्ठरोग समयमै पत्ता लगाई उपचार गरेमा कुरूप तथा अंगभंग हुनबाट जोगिनुका साथै रोग निको हुनेमा सन्देह नरहेको बताए । कुष्ठरोग बहुऔषधी उपचार विधिबाट निको हुने रोग हो ।
यसको नियन्त्रण र उल्मूलनतर्फ स्वास्थ्यकर्मी, यससँग सम्बद्ध संघसंस्था,समाजसेवी क्रियाशील रहँदै आए पनि लक्ष्यमा पुग्न अझै धेरै गर्न बाँकी रहेको अधिकारीले बताए ।
विश्वबाट कुष्ठरोग निर्मूल गरिए पनि अझै पूर्णरूपमा उल्मूलन हुन सकेको छैन । कुष्ठप्रभावित आर्थिक, मानसिक र शारीरिक रूपले अझै पीडित छन् । कुष्ठरोगको न्यूनीकरण तथा प्रभावितप्रतिको भेदभावको अन्त्य आजको आवश्यकता भएको अधिकारीले बताए ।
कार्यक्रममा शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्णीमा खनाल Found परियोनाका ढाकाराम अधिकारी ल्गाएतको उपस्तिथी रहेको कार्यक्रमको संचालन वडा सचिव प्रेम वलीले गरेका थिए ।