दिपक खड्का चन्द्रौटा कपिलवस्तु । धैरे प्रयास पछि शिवराज नगरपालिकाको वडा न ६ मा रहेको विरपुर स्वास्थ्य चौकी वाट २४ घण्टे प्रसुति सेवा केन्द्र संचालनमा आएको छ ।
शिवराज नगरपालिकाको स्वास्थ्यको दृष्टीकोणले पछाडी रहेको वडाहरुलाई सेवा दिने उपदेश्यले सेवा संचालनमा ल्याउनु परेको स्वास्थ्य चौकीका व्यवस्थापन समितिका उपाध्यक्ष तोलेश्वर चौधरी बताए । स्थानिय सरकार आए संगै यस क्षेत्रका वासिन्दाहरुलाई सरल तरिकाले स्वास्थ्य सेवा संचालन र होम डेलीभरीलाई शुन्य गर्न यस क्षेत्रमा प्रसुति सेवा केन्द्र आवश्यक रहेकोले संचालन गरिएको उपमेयर शिवकुमारी थारुले बताइन् ।
शिवराज नगरपालिकाको वडा न ६ वडा न ७ वडा न ८ र वडा न १० लाई लक्ष्ति गरि विरपुर स्वास्थ्य चौकी लाई प्रथमिकतामा राखि सेवा संचालनमा गरिएको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताए । मेयर अधिकारीले समयमा उपचार हुन नसकि कसैले ज्यान गुमाउनु नपर्ने र गर्भ अवस्थामा सहि उपचारले शिशु र आमाको कुनै पनि संक्रमण वाट मृत्यु नहोस पनि सेवा केन्द्र संचालन गरिएको बताए ।
शिवराज नगरपालिको कार्य क्षेत्र भित्र ५ वटा प्रसुति सेवा संचालनमा रहेको स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताए । प्रसुति सेवा केन्द्र उद्धाटन कार्यक्रम स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष तौलेश्वर चौधरीको अध्यक्षता शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी प्रमुख आतिथ्यता शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी थारुको विशिष्ट आतिथ्यता र स्वास्थ्य चौकी इन्चार्ज प्रमोद ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।