देश र जनताका निमित्त जायज माग लिएर अनशनरत डा. गोबिन्द केसीको बिग्रदै र नाजुक बन्दै गएको गम्भीर स्वास्थ्य स्थितिप्रति सरकारको असम्बेदनशील र अमानबीय गैर जिम्मेवार रबैयाको नेपाल कम्युनिष्ट पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । साथै, डा. केसीसँग बिगतमा सरकारले गरेको सम्झौता अक्षरसः पालन गर्न र गोबिन्द केसी जस्ता निष्कलंक र सन्त समाजसेवीलाई अनेक फत्तुर लगाएर अपमान नगर्न जोडदार माग गर्दछ ।
नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा भित्रका घोर बिकृति र बिसंगतिहरु तथा देशमा ब्याप्त भ्रष्टाचारको बिरुद्ध संघर्षरत अनशनकारी डा.केसीका मागप्रति पहिलेदेखि नै दृढ समर्थन र ऐक्यबद्धता जनाउदै आएको हो र नेपाल कम्युनिष्ट पार्टीसँग सम्वद्ध अखिल नेपाल बिद्यार्थी यूनियनले यस चिकित्सा शिक्षा क्षेत्रका बिकृति र बिसंगतिहरुा बिरुद्ध देशका जिम्मेवार सबै बाम तथा लोकतान्त्रिक बिद्यार्थी संगठहरुलाई आमन्त्रण गरेर ब्यापक अन्तरक्रिया र बिचार बिमर्श गर्दै डा. केसीका माग नेपाली शोषित पीडत जनताको पक्षमा रहेको कुरामा एकमत गराएको पनि यहाँ उल्लेख गर्नु हामी सामयिक ठान्दछौं ।
डा. केसीका मागप्रति सरकारले टालटुल गर्ने र कार्यान्वयन नगर्ने गरेकोले १९औ पटक उहाँ अनशन बसेको २३औ दिन बितिसक्दा पनि सरकारले जुन हठ प्रदर्शन गरेर केसीको स्थास्थ्यमाथि खेलबाड गर्दै र उनको मागप्रति बेवास्ता गर्ने गर्दै आएको छ यसले डा. केसीको मात्र होइन सम्पूर्ण न्यायप्रेमी जनताकै अपमान गरिरहेको छ । फलत: सरकारको यस्तो अमानबीय र गैर जिम्मेवार रबैयाको चौतर्फी बिरोध हुन थालेको छ र डा. केसीको जीवनमा कुनै तलमाथि भयो भने त्यसको सम्पूर्ण जिम्मेवारी यसै सरकारको हुने कुरा उठिरहेको औंल्याउँदै नेपाल कम्युनिष्ट पार्टी ततकाल बाता गर्न र उहाँसँग भएको सम्झौता अनुसार माग पूरा गर्न पुनः जोडदार माग गर्दछ ।