Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कोरोना बीमा सम्बन्धी नयाँ नियम पोजेटिभ देखिए सबै भुक्तानी नहुने ।


कोरोना बीमा सम्बन्धी नयाँ नियम पोजेटिभ देखिए सबै भुक्तानी नहुने ।

कोरोना बीमामा निजी ल्याबको रिपोर्टसम्बन्धी अन्यौलता हटेको छ । बीमा समितिले आइतबार कोरोना बीमालेख र कोरोना बीमासम्बन्धी मापदण्डलाई संशोधन गर्दै निजी ल्याबको परीक्षणलाई पनि मान्यता दिने व्यवस्था गरेको हो । योसँगै कोरोना बीमाको दाबी भुक्तानीसम्बन्धी विवाद समाधान समेत भएको छ ।

समितिले गरेको संशोधनमा यसअघि कोरोना बीमा मापदण्डमा उल्लेखित “नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्रयोगशाला” भन्ने वाक्यांशलाई हटाएर “नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला” भन्ने वाक्यांश समावेश गरेको छ । ये संशोधनले हाल स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका सबै ल्याबहरुको रिपोर्टलाई मान्यता दिने बाटो खोलेको हो ।बीमा समितिले निजी ल्याबको परीक्षणलाई मान्यता दिए पनि नयाँ बीमालेख जारी गर्ने र पोजेटिभ देखिएकाको भुक्तानी गर्ने प्रक्रियामा भने निकै कडाइ गरेको छ ।

व्यक्तिगत बीमालेख बन्द

बीमालेख र मापदण्ड संशोधन भएसँगै व्यक्तिगत रुपमा गरिने बीमा बन्द भएको छ । यसअघि व्यक्तिगत तथा सामूहिक रुपमा बीमा गर्ने विकल्प रहेकोमा अब सामूहिक बीमालेख मात्रै जारी हुने भएको हो ।

यसअघि व्यक्तिले चाहेमा १ लाख बराबरको बीमाका लागि १ हजार रुपैयाँ र ५० हजारको बीमाका लागि ५ सय रुपैयाँ प्रिमियम तिरेर एकल बीमा गर्न सकिन्थ्यो । सामूहिक बीमालेखका लागि भने १ लाखको लागि ६ सय रुपैयाँ र ५० हजारको लागि ३ सय रुपैयाँ शुल्क तोकिएको थियो । यो संशोधनपछि कोरोना बीमाको शुल्क एउटै मात्र कायम भएको छ ।

उपचार गरे मात्रै पूरा भुक्तानी

यसअघि कोरोना संक्रमण पोजेटिभ देख्नेबित्तिकै तोकिएको बीमा बराबरको रकम भुक्तानी गर्नेगरी बीमालेख जारी गरिएको थियो । त्यो प्रावधानलाई संशोधन गरेर बीमा समितिले कोरोना पोजेटिभ देखिएमा तत्काल २५ प्रतिशत रकम मात्रै दिने र अस्पताल भर्ना भएमा वा औषधोपचार गर्नुपर्ने भएमा मात्रै सो औषधि उपचारको बिल बमोजिमको थप ७५ प्रतिशत बराबर हुने रकम नबढ्ने गरी भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

अब कुनै अस्पताल वा ल्याबमा काम गर्ने कर्मचारीले आफ्नै अस्पताल वा ल्याबमा गरेको परीक्षणलाई मान्यता नदिने व्यवस्था समेत गरिएको छ । आफ्नो ल्याबबाट परीक्षण गर्दा गलत रिपोर्टिङ गर्नसक्ने सम्भावना भएकोले यस्तो व्यवस्था गरिएको हो ।

त्यस्तै, कुनैपनि बीमकले दाबी भुक्तानी गर्दा एउटै स्थानबाट मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । बीमितले कोरोना पोजेटिभ देखिएको सक्कली प्रमाणपत्र पेश गरेपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढ्नेछ । यदि कुनै बीमितले पेश गरेको प्रमाणपत्रमा शंका लागेमा बीमकले आफ्नै खर्चमा त्यस्तो बीमितको पुनः कोरोना परीक्षण गर्नसक्ने व्यवस्था समेत मापदण्डमा गरिएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

भक्तपुरमा पहिलो पटक एमआरआई सेवा

भक्तपुरमा पहिलो पटक एमआरआई सेवा

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धारको काम चल्दै

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धारको काम चल्दै

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाइने

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाइने

नेपालगञ्ज उपमहानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

नेपालगञ्ज उपमहानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

चिसो मौसम शुरु भइसक्दा पनि डेङ्गीको सङ्क्रमण

चिसो मौसम शुरु भइसक्दा पनि डेङ्गीको सङ्क्रमण

आधारभूत अस्पतालमा २४ घण्टे सेवा शुभ:आरम्भ  मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्छः नगर प्रमुख थापा

आधारभूत अस्पतालमा २४ घण्टे सेवा शु:भारम्भ मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्छः नगर प्रमुख थापा

ताजा समाचार

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline