Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

झलनाथ खनाल प्रतिष्ठानले पायो ७२ करोड रुपैयाँ साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने


झलनाथ खनाल प्रतिष्ठानले पायो ७२ करोड रुपैयाँ साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने

सर्लाहीको लालबन्दी नगरपालिका—६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ।

प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले ७२ करोड अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि प्रतिष्ठानले तीन वटै तहको सरकारसँग सम्झौता गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताए।

सर्पको विष उत्पादन गरेर शुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा वर्षेनी धेरै मानिसको ज्यान जाने गरेको छ।

सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ। अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको छ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको सो प्रतिष्ठानले सर्लाहीको लालबन्दी नगरपालिका–१ मा साढे ८ विघा जग्गा खरीद गरेर त्यहाँ विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको अध्यक्ष पन्तले जानकारी दिए।

उनका अनुसार सर्प पाल्नका लागि प्रतिकठ्ठा रु साढे ३ लाखका दरले टेण्डरमार्फत खरिद गरिएको उक्त जग्गामा तीनै तहका सरकारको लगानी छ।

सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको अध्यक्ष पन्तले बताए। असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का लागिसक्ने उनको भनाइ छ।

उनका अनुसार अबको दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने छ । शुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने योजना रहेको अध्यक्ष पन्तले बताए।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०७० सालको संविधानसभाको चुनाव सर्लाहीबाट पनि लडेका थिए । नेता खनालको चुनावी प्रचारप्रसारका क्रममा विषालु सर्पले टोकेर उपचार नपाई एकजनाको मृत्यु भएको थियो।

नेता खनालले सर्लाहीको चुनाव प्रचारका क्रममा उक्त घटना बारे थाहा पाए। त्यही घटनाबाट उत्प्रेरित भई नेपालमा सर्प पालन गर्ने र ‘एन्डी स्नेक भेनम’ बनाउने मुख्य उद्देश्य राखेर २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’को स्थापना भयो। अहिले नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तलाई प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी दिइएको छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

सुदूरपश्चिममा डेंगु : आठ महिनामा तीनजनाको मृत्यु, ८०० भन्दा बढी संक्रमित

सुदूरपश्चिममा डेंगु : आठ महिनामा तीनजनाको मृत्यु, ८०० भन्दा बढी संक्रमित

बिमाको औषधि एक महिनाको मात्र दिँदा अस्पतालमा घुइँचो

बिमाको औषधि एक महिनाको मात्र दिँदा अस्पतालमा घुइँचो

‘एचपीभी’ खोप लगाउन काठमाडौंमै आएनन् किशोरी

‘एचपीभी’ खोप लगाउन काठमाडौंमै आएनन् किशोरी

के हो फिजियोथेरापी र कस्ता मानिसले गर्नुपर्छ ?

के हो फिजियोथेरापी र कस्ता मानिसले गर्नुपर्छ ?

धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

इलाममा डेंगुबाट एक बालिकाको मृत्यु

इलाममा डेंगुबाट एक बालिकाको मृत्यु

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline