चन्द्रौटा

शिवराज नगरपालिकाले २ महिनामा आइसोलेसन सेन्टरको नयाँ भवन एक कार्यक्रम बिच समुद्धाटन गरेको छ ।  शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी र प्रदेश सासंद अर्जुन कुमार के. सी ले संयुक्त रुपमा रिवन काटेर औपचारिक रुपमा उक्त आइसोलेसन सेन्टरको उद्धाटन पश्चात संचालामा आएको छ ।

आइसोलेसन  सेन्टर उद्धाटन समारोहमा बोल्दै कार्यक्रमका  अतिथी तथा आइसोलेसन  सेन्टर निर्माण सिमितका अध्यक्ष महादेव पोखरेलले यो महत्पुर्ण जिम्मेवारी नगरपािलकाले दिएको र सम्पुर्ण सिमतिका पदा अधिकारीहरुको  सहयोगमा यो काम सम्पन्न गरेकोमा सबैलाई कार्यक्रम मार्फत बधाई दिएका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सासंद अर्जुन कुमार के.सी ले २ महिना भित्र शिवराज नगरपालिकाले ६ कोठाको बिरामी बस्ने मिलने विषेश अकसीजन सहितको कोठा   र  स्टाप,स्टोर सहितको अफिस निर्मण गरि सुविधायुक्त कोरोना विशेष आइसोलेसन सेन्टर  निर्माण गरेको भन्दै प्रशंसा गर्नु भयो ।

उहाँले विपत्तीको सामना गर्न नगरपालिकाले एउटा गतिलो हतियार तयारी पारेको भन्दै सबैले नगरपालिकाले देशकै उदाहरणीय काम गरेको दाबी समेत गर्नुभयो ।

के सी ले उपभोक्ता समितिको  सक्रियातामा नगरपालिकाले २ महिनामा   सुविधायुक्त आइसोलेसन सेनेटर  निर्माण गर्न सम्भव भएको भन्दै प्रदेश सरकार र स्थानिय सरकारको सहकार्य भए मात्रै   मात्रै महामारी र विपत्तीको सामना गर्न सकिने बताए । कोरोना भाइरसको महामारीले एउटा नयाँ पाठ सिकाएको उल्लेख गर्दै उहाँले विपत्ती सँग लड्न सबै एक भएर लाग्नु पर्नेमा जोड दिए ।

त्यसैगरि उद्धाटन भए सँगै  आइसोलेसन  सेनेटर वाट  सेवा सूचारु भएको छ । सुरुमा ३० वटा  बेडको आइसोलेसन बनाउने भनिएपनि अहिले आइसोलेसनमा सेन्टरमा  २० बेड राखिएको नगर प्रमुख नेत्र राज अधिकारीले बताए । उनले आइसोलेसन सेन्टर  कक्षमा बिरामीका लागी ६ वटा सुविधा सम्पन्न कोठा, स्वास्थ्यकर्मीको छुट्टै वार्ड, स्टोर  आइसियु बेड पनि राखिएको छ ।

एउटा  कोठामा विषेश अक्सीजन,निबुलाइजर र तातोपानीको व्यवस्था भएको र अब कोरोना संक्रमित बिरामीहरुलाई सजिलै उपचार सेवा प्रदान गर्न सकिने नगर प्रमुख अधिकारीले  दाबी गरे । कार्यक्रममा  आइसोलेसन सेनेटर  निर्माण कार्यमा हरेक क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संघसँस्थाहरुलाई  धन्यवाद ज्ञापन गरेका थिए । समुद्धाटन कारर्क्रममा शिवराज नगरपािलका उप मेयर शिवकुमारी थारु वडा न ५ का वडा अध्यक्ष अर्जुन पाण्डे र नेकपा शिवराजका नगर सचिव जगत पौडेल लगाएतको उपस्थिती रहेको कार्यक्रमको संचालन स्वास्थ्य कर्मी विष्णु क्षेत्रीले गरेका थिए ।