Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

भेरीअञ्चल अस्पतालमा कर्मचारीको दादागिरी बिरामीलाई सास्ती


भेरीअञ्चल अस्पतालमा कर्मचारीको दादागिरी बिरामीलाई सास्ती
बाँके
भेरीअञ्चल अस्पताल नेपालगञ्जमा कर्मचारीहरुको लापरबाहीका कारण विभिन्न स्थानबाट कोरोना कहरबीच जोखिम खेपेर उपचारका लागि आउने बिरामीहरुले कर्मचारीहरुको लापरबाही तथा मनोमानीका कारण सास्ती भोग्नुपरेको छ ।
अस्पतालका विभिन्न प्राविधिक फाँटमा काम गर्ने कर्मचारीहरुले आफुखुशी काम गर्दा गम्भीर अवस्थामा रहेका विरामीहरुले दुख पाउने गरेका हुन । अस्पतालमा डक्टरको चेकजाँच ठिक रुपमा हुनेभएपनि केही कर्मचारीहरुको व्यवहारले आफुहरुले हैरानी भोग्नुपरेको बिरामीका आफ्न्तहरुको भनाई छ ।
आज प्यारालाईसिसको समस्या भोग्दै आएका एक बिरामीलाई सिटीस्क्यान गराउनका लागि उनका छिमेकीहरुले भेरी अञ्चल अस्पतालमा कार्यालय समयमै पुर्याए तर त्यहाँ सिटीस्क्यान गर्ने कर्मचारी ताला लगाएर घरमा बसेका थिए । बिरामीका सहयोगीहरुले उनलाई फोन गरेर बोलाउँदा समेत सेवा दिन तयार भएनन् ।
भेरीअञ्चल अस्पतालका सिटीस्क्यान, एक्सरे लगाएका विभिगमा काम गर्ने कर्मचारीहरुले बिरामीलाई दुख दिने गरेको गुनासो यो पहिलो भने होइन । यसअघि पनि यस्ता गुनासोहरु सामाजिक सञ्जाल र समाचार माध्यमहरुमा आइरहेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ घरबारीटोल निवासी तपन कुमार बिश्वास बिगत केही दिनदेखी प्यारालाईसिस भई थला परेका छन । उनको उपचारका लागि टोल छिमेकबाट आर्थिक सहयोग संकलन गरेर आज सिटीस्क्यान गराउन भेरीअञ्चल अस्पतालमा लगिएको थियो ।
छरछिमेकीले बिरामीलाई अस्पताल पुर्याए पनि त्यहाँ सिटीस्क्यान गराउने कर्मचारी मिश्राले कार्यालयमा ताला लगाएर घर गएका थिए । उनलाई पीडित बिरामी तपन विश्वासको सिटीस्क्यान गरिदिन भन्दै धेरै अनुरोध गर्दा समेत नआएको भन्दै बिरामी पक्षकाले हरपल नेपालका बाँके समाचार प्रमुख दिनेश कुमार श्रीवास्तवसँग गुनासो पोखें ।
समाजसेवी एवं बिरामीको उपचारको लागि आर्थिक संकलन गरेर अस्पतालसम्म पुगेका बन्टी सिंह सरदारले अस्पतालका सिटीस्क्यान कर्मचारी मिश्राको मनोमानीले धेरैले दुख पाएको बताए । सरदारले भने–‘जनताले बिश्वास गरेर आ–आफ्ना बिरामीहरुलाई सन्चो हुन्छ भनेर अस्पताल ल्याएका हुन्छन तर मिश्रा जस्तो कर्मचारीहरुको व्यवहारले गर्दा त बिरामी उचार गराउन नपाई मृत्युको मुखमा पुग्न बेर छैन।’
फोन गरेर बोलाउदा मिश्राले आफूले सिटी स्क्यान नगर्ने, वाहिर बिरामीलाई बाहिर लिएर जान भनेको सरदार बताउँछन । मिश्राले बाहिर प्राइभेटमा पठाउने नियत देखाएपछि बिरामीका सहयोगी र अस्पतालका कर्मचारीबीच केहीबेर विवाद समेत भएको थियो ।
सरदारले दुखेसो पोख्दै भने–‘स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा काम गर्ने कर्मचारीहरुको यस्तो व्यवहारबाट धेरै मानिसहरु दुखी हुन्छन । कर्मचारीमा आफ्नो स्वार्थ भन्दा पनि बिरामीहरुप्रति सेवाको उदेश्य हुनुपर्नेमा मिश्राको यस्तो व्यवहारले गर्दा बिरामीको अकालमा मृत्यु समेत हुन सक्छ । यस्तालाई अस्पताल प्रशासनले कारबाही गरोस् ।’
उक्त विषयमा अस्पताल प्रशासनसँग बुझ्न खोज्दा त्यहाँ कसैलाई सम्पर्क गर्न सकिएन । उपचारको प्रकृयामा अहिलेको जटिल अवस्थाबिच अस्पताल पुगेका बिरामीहरुले अस्पताल पुगेरपनि कर्मचारीको कारण यस्तो दुख कहिलेसम्म भोग्नुपर्ने हो ? समस्याको समाधानमा अस्पताल प्रशासनले ध्यान दिन जरुरी रहेको बिरामीका आफन्तजनहरुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

इलाममा डेंगुबाट एक बालिकाको मृत्यु

इलाममा डेंगुबाट एक बालिकाको मृत्यु

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असाेज ५ गतेसम्म लगाउन पाइने

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असाेज ५ गतेसम्म लगाउन पाइने

चिकित्सकको आन्दोलनले देशभरका अस्पतालमा उपचार सेवा ठप्प, बिरामी मारमा (तस्विर)

चिकित्सकको आन्दोलनले देशभरका अस्पतालमा उपचार सेवा ठप्प, बिरामी मारमा (तस्विर)

काठमाडौंमा आयुर्वेदसम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा

काठमाडौंमा आयुर्वेदसम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा

अस्पतालबाट फर्किन बाध्य, घरमा थला परेकी सुनार

अस्पतालबाट फर्किन बाध्य, घरमा थला परेकी सुनार

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline