Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कोरोना भाइरसका कारण ४५ वर्षीय पुरुषको विराटनगर मृत्यु


प्रदेश सांसद  कानौडियाको स्वकीय सचिवमा कोरोना पुष्टि

५ भदौ, विराटनगर । मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको बुधबार पुष्टि भयो ।

एक त मधुमेहका रोगी, त्यसमाथि हालै मात्र ११ दिन आईसीयूमा बसेर फर्किएको एक महिना पनि भएको थिएन । त्यसैले परिवारका सदस्यहरुले उनलाई कोरोना अस्पतालमा लैजान चाहे । अस्पतालमा बेड नभएको जवाफ पाए ।

वडाध्यक्ष विजय कामतले पनि उनलाई घरमै बस्न सुझाव दिए । तर उनी होम आइसोलसनमा राख्न मिल्ने संक्रमित हुन् कि अस्पतालमा भर्ना गर्नुपर्ने हो भन्ने सोधीखोजी भएन ।

बिहीबार राति एक्कासी स्वास्थ्यमा समस्या आयो । आफन्तले एम्बुलेन्स बोलाए, तर आइनपुग्दै उनको मृत्यु भयो ।

परिवारका सदस्यहरुका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई सोमबार कोशी अस्पताल लगिएको थियो । समुदायमा संक्रमण फैलिसकेको बेला कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब लिइयो तर घर पठाएको थियो ।

बुधबार रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि अस्पताल लैजान कसैले चासो नदिएको उनका छोरीले बताइन् । ‘हिजो राति गाह्रो भएपछि एम्बुलेन्स बोलायौं तर, एम्बुलेन्स नआउँदै बित्नुभयो, एम्बुलेन्स रित्तै फर्कियो’ उनले भनिन् ।

३२५ जना होम आइसोलेसनमा

शुक्रबार साँझसम्म विराटनगर महानगरपालिकामा मात्र कोरोनाबाट संक्रमित हुनेको संख्या ७१२ पुगिसकेको छ । उनीहरुमध्ये ३२५ जना होम आइसोलेसनमा छन् ।

तर उनीहरुले नियमित अनुगमन गर्ने संयन्त्र छैन । होम आइसोसलनमा बस्ने कुनै बिरामीको अवस्था बिग्रिए कहाँ सम्पर्क गर्ने ? कुन निकायले तत्काल अस्पताल पुर्‍याउने थाहा छैन । एक चिकित्सक भन्छन्, ‘सुरुमा हामी प्रिभेन्टिभ पार्ट (समुदायमा संक्रमण पुग्न नदिन गर्नुपर्ने कामहरु) मा चुक्यौं । अब क्युरेटिभ केयरमा चुक्दैछौं । सरोचियाका ४५ वर्षीय पुरुषको मृत्यु त्यसको प्रमाण हो ।’

महानगरका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार होम आइसोलेसनमा बस्नेहरुको निगरानी गर्ने दिलिप यादवको नेतृत्वमा टोली बनाइएको छ । तर यो समितिले संक्रमितको परिवारलाई एक पटक पनि सम्पर्क नगरेको पाइएको छ ।

सम्पर्क गरिहालेको अवस्थामा पनि अस्पतालसम्म पुर्‍याउने गतिलो संयन्त्र बनेको छैन । अहिलेसम्म प्रदेश १ भरमा कोभिडका बिरामीका लागि लेभल –१ को हब अस्पताल छैन ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ आईसीयू र १० भेल्टिलेटरसहितको वेड छ । एक त त्यहाँ चाहिएको बेला आईसीयू बेड पाउन गाह्रो छ भने कतिपयको बिराटनगरबाट धरान लैजाने क्रममा बाटैमै मृत्यु हुने गरेको छ ।

बिहीबार बल्ल आएर प्रदेश सरकारले कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा १० वटा आईसीयू बेड र पाँच वटा भेण्टिलेटर जडान गरेको बताएको छ ।

तर त्यसका लागि चाहिने दक्ष जनशक्तिको अभाव छ । विराटनगरका एक चिकित्सक भन्छन्, ‘आईसीयूका लागि मात्र कम्तीमा १८ देखि २४ जनाको टिम हुनुपर्छ । त्यो अहिलेसम्म तयार भएको छैन । अहिले भएकै जनशक्तिले धान्न सक्दैन ।’क्युरेटिभ केयरमा ध्यान नदिने हो भने संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीहरुले समेत यस्तै हो भनेर छाड्ने अवस्था आउने सक्ने उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

ताजा समाचार

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

यी स्थानमा आज हल्का वर्षा

यी स्थानमा आज हल्का वर्षा

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline