काठमाडौँ, २३ साउन
नेपालमा कोरोनाभाइर संक्रमणका कारण थप ५ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले यससँगै मृत्यु हुनेको संख्या ७० जना पुगेको जनाएका छन् । शुक्रबार मृत्यु हुनेमा ३ जना वीरगञ्जका र २ जना सिराहा रहेका छन् ।
त्यस्तै, गत २४ घण्टामा नेपालभर थप ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको हो । जसमध्ये अहिले ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित छन् भने १५ हजार ८ सय १४ जना कोरोनामुक्त भएका छन् ।