कोरोना व्यवस्थापन रात दिन खट्दै नगर प्रमुख अधिकारी
चन्द्राैटा
कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले कोरोना व्यवस्थापनकै काममा दैनिक १८ घण्टा काम गरेको नगर प्रमुख अधिकारीले बताए ।नगरपालिकाको कोरोना भाइरस नियन्त्रणमा दुई करोड खर्च भईसकेको र हामी अहिले पनि उद्धारमा खटेको मेयर खबरलाई बताए । राहत, औषधि, उद्धार, क्वारेन्टिनलगायतमा जेठ मसान्तसम्म दुई करोड रुपैयाँ खर्च भएको अधिकारीले बताए ।
शिवराज नगरपालिकामा ७३ जनामा संक्रमण देखिएको छ । उनीहरूमध्ये ५९ जना निको भएर घर फर्केका छन । तमहामारीको विचमा अर्को महममारीको रुपमा सलह किरा उडाइसकेको छ‘कहिले काहिँ त भूतले खाजा खाने बेलामा पो मेयर भइएछ जस्तो लाग्छ अधिकारीले सुनाए ।
कोरोना व्यवस्थापनकै काममा दैनिक १८ घण्टा काम गरेको नगर प्रमुख अधिकारी बताउँछन् । ‘प्राणीहरूमध्ये मान्छे सबभन्दा असन्तुष्ट प्राणी भएकाले होला, एउटा न एउटा खोट नदेखाउने त कोही पनि हुँदैन’ स्रोत साधनको कमीका बीच कोरोना व्यवस्थापनमा रातदिन खट्दै आएको अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























