कपिलवस्तु, १७
कपिलवस्तु जिल्ला अस्पताललाई कोरनाको रोकथामको लागी लुम्बिनीक रोयल थाई मोनाष्ट्रीले स्वास्थ्य समाग्री प्रदान गरेका छन । मोनाष्ट्री प्रमुख भिक्षु सुपतले कपिलवस्तु अस्पतालमा कोरोना सम्बन्धी पिपिई सेट ५० थान, सेनिटाईजर, ग्लोब्स , मास्क लगायत सामाग्रीहरू प्रदान गरेको लुम्बिनी विकास कोषका कार्यकारीणी सदस्य राजेश ज्ञवालीले बताएका छन । अस्पताललाई उक्त स्वास्थ्य सामाग्री प्रदान गर्नका लागि ज्ञवालीले मोनाष्ट्री संग समन्वय गरेका थिए ।
कार्यक्रममा अस्पतालका व्यवस्थापक, डाक्टर लगायतको सहभागिता रहेको थियो । विगतमा पनि थाई मोनाष्ट्रीले आंखा शिविर लगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आएको ज्ञवालीले बताएका छन । रोयल थाई मोनाष्ट्री लुम्बिनीले गरेको सहयोग प्रति कपिलवस्तु अस्पतालले धन्यवाद ज्ञापन गरेको छ ।