चितवन
चितवनमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले दिएको जानकारी अनुसार चितवनको कालिका नगरपालिका ३ का ३९ वर्षीय पुरूष, तनहुँको देवघाट गाउँपालिका ५ का २३ वर्षीय पुरुष रहेका छन । यस्तै नवलपुरको गैंडाकोट नगरपालिका १ की ३३ र ५१ वर्षीया २ जना महिला र गैंडाकोट नगरपालिका १२ की ५६ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
मंगलवार भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा १ सय २१ वटा नमूना परीक्षण गरिएकोमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो । अन्य १ सय १६ जनाको वटा रिपोर्ट भने नेगेटिभ आएको छ । यसैबिच मंगलबार भरतपुर अस्पतालमा उपचारार्थ २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनीहरूलाई स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कोरोना भाइरसको संक्रमण पुष्टि भई अस्पताल भर्ना भएकालाई १४ दिनपछि लक्षण नदेखिएकालाई टेस्ट नगरी डिस्चार्ज गर्न अस्पताललाई दिईएको निर्देशनका आधारमा डिस्चार्ज गरिएको हो ।