बुटवल
रुपन्देहीस्थित मणिग्राममा रहेको क्रिमसन अस्पतालमा रहेका कोरोना पोजेटिभ विरामीको उपचार जारी रहेको अस्पतालले जनाएको छ । सञ्चारमाध्यममा मृत्युको खवर आए पनि त्यो सत्य नभएको अस्पतालले जनाएको हो ।
गुल्मी मदानेका ती संक्रमित अहिले भेन्टिलेटरमा उपचाररत रहेका छन् । उनको फोक्सोमा समस्या रहेकाले कृतिम श्वासप्रश्वास दिइएको छ । ‘विहान केही जटिलता देखिएको थियो, अहिले सामान्य सुधार छ, भएकाे अस्पतालले जनाएकाे छ ।
विरामी जेठ १ गते अस्पतालमा उपचारका लागि आएका थिए । कोरोना पोजेटिभ नजिता आउदा उनी आइसियुमै रहेका थिए । पोजेटिभ नतिजा आउदा जस्तो अवस्था थियो त्यस्तै रहेको अस्पताले जनाएको छ ।
मन्त्रीकै गलत सूचना प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नै उपचाररत विरामीलाई मृत्यु भएको गलत सूचना दिएका छन् । त्यही सूचनाका आधारमा सेतोपाटी अनलाईनले कोरोना पोजेटिभका तेस्रो विरामीको मृत्यु भन्ने समाचार बनाएको छ ।
अस्पतालमा कार्यरत चिकित्सक समाचार देखे पछि आश्चर्यमा परेका छन् ।
मन्त्री बरालले हचुवाका भरमा गलत सूचना दिएको अस्पतालको दाबि छ । सामाजिक विकास मन्त्रालय मातहतका कुनै पनि निकायले बिरामीको मृत्यु भएको पुष्टी गरेका छैनन् ।
स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले मृत्यु नभएको बताए । ‘हामीलाई सूचना आएको छैन, बुझ्ने प्रयासमा छौं, उनले भने ।