सप्तरी, बर्मझिया – सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत दन्तकाली विशेष कार्य तालीम शिक्षालय, बर्मझियामा सम्पन्न सि.सं. २३७ (ग) सशस्त्र प्रहरी जवान आधारभूत तालीम समारोहमा मुस्लिम समुदायका पाँच जना प्रशिक्षार्थी नवदीक्षित भएका छन्।

Oplus_131072

दीक्षित हुनेमा अजाद धुन्या, अजान अन्सारी, सुभान अन्सारी, सम्साद मिया लगायत अन्य युवा समावेश छन्। उनीहरूले राष्ट्र सेवामा उच्च समर्पणका साथ योगदान पुर्‍याउने दृढ संकल्प गरेका छन्।

समारोहमा उच्च पदस्थ अधिकृतहरूको उपस्थितिमा सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। सो अवसरमा प्रशिक्षार्थीहरूको कठिन परिश्रम, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।