चन्द्रौटा, कपिलवस्तु ।


शिवराज नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को मेयर रोजगार कार्यक्रम अन्तर्गत स्थानीय युवाहरूलाई लक्षित गर्दै सुरक्षा निकाय सेवा तयारी तालिम सञ्चालन गरिने  शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले जानकारीदिनु भयो ।

नगरप्रमुख थापाले  नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षासेवा क्षेत्रको तयारी गरिरहेका परीक्षार्थीहरूका लागि यो तालिम सुनौलो अवसर बताउनुभयो ।

तालिममा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरूले ७ (सात) दिनभित्र आफू बसोबास गर्ने सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ।

निवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरूः

  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि

  • न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति

  • बसाइँ सरेका व्यक्तिका लागि बसाईं सराईको प्रमाणपत्रको प्रतिलिपि