कपिलवस्तुमा हिन्दू राज्य पुनःस्थापनाका लागि विशाल मोटरसाइकल र्याली
कपुरी डेक्स ।
चन्द्रौटा,कपिलवस्तु ।
कपिलवस्तुमा राजासहितको हिन्दू राज्य पुनःस्थापनाका लागि आन्दोलनको सम्पुर्ण तयारी पुराभएको आयोजकले जनाएको छ । लायन्स फोर्स कपिलवस्तु द्वारा विशाल मोटरसाइकल र्याली तथा कोणसभाको आयोजनामा व्यापक जनसहभागीता रहने आयोगकले जनाएको छ ।
विशाल मोटरसाइकल र्याली चैत्र १६ गते, शनिबार बिहान ११:०० बजेबाट सुरु हुने तय गरिएको र मोटरसाइकल र्याली शिवराज नगरपालिका वडा न.३ पृथ्वी चोकबाट सुरु भइ कृष्णनगर नगरपालिकामा रहेको गोलघर रजत स्तम्भसम्म पुगि कोणसभा आयोजना गरि समापन्न गरिने लायन्स फोर्स कपिलवस्तु जानकारी दिएको छ ।
लायन्स फोर्स कपिलवस्तुले सबै राष्ट्रप्रेमी नेपालीलाई राष्ट्रिय झन्डासहित उपस्थित भई कार्यक्रममा समर्थन जनाइदिन आग्रह गरेको छ। कार्यक्रम हिन्दू राज्य पुनःस्थापनाका लागि जनमत निर्माण गर्न केन्द्रित रहने बताइएको छ।
र्यालीमा स्थानीय नागरिक सामाजिक तथा धार्मिक संघसंस्था, तथा विभिन्न समुदायका व्यक्तिहरूको सहभागिताका लागि आवहान गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















