शिवराज-२ बालापुरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
दिपक खड्का, चन्द्रौटा (कपिलवस्तु)।
शिवराज नगरपालिका वडा नं. २ बालापुरमा वडा कार्यालयको आयोजनामा विद्यालयस्तरीय तथा टोलस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

हाजरी जवाब प्रतियोगितामा विद्यालयतर्फ १८ जना विद्यार्थी तथा टोल विकास संस्थातर्फ २७ जनाको सहभागिता रहेको वडा सचिव नारायण पंगेनीले जानकारीदिनु भयो ।
विद्यालयस्तरीय प्रतिस्पर्धामा जेनिथ बोङ्गिङ्ग इङ्लिश स्कुल (ख) समूह प्रथम स्थान हासिल गर्न सफल भयो । जनता आधारभूत विद्यालय (ख) समूह द्वितीय तथा जनता आधारभूत विद्यालय (क) समूह तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।
त्यस्तै टोल विकास संस्थातर्फ मद्रहवा टोल विकास संस्था प्रथम, बसन्तपुर टोल विकास संस्था द्वितीय तथा प्रगतिशील टोल विकास संस्था तृतीय हुन सफल भयो ।
प्रतियोगितामा विद्यालयका सहभागी विद्यार्थीहरूलाई शैक्षिक तथा सामान्य ज्ञानसम्बन्धी प्रश्नहरू सोधिएको थियो भने टोल विकास संस्थाका प्रतिनिधिहरूलाई सामाजिक गतिविधि तथा सरसफाइसम्बन्धी विषयमा प्रश्न सोधिएको वडा सचिव पंगेनीले जानकारी दिनुभयो।
कार्यक्रमका अध्यक्ष तथा वडा नं. २ का अध्यक्ष रामबहादुर चौधरीले यस्ता प्रतियोगिताले गाउँघरमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विद्यार्थी तथा अभिभावकको आनीबानी र व्यवहारमा पनि सकारात्मक परिवर्तन ल्याउने विश्वास आफुले लिएको बताउनुभयो ।
कार्यक्रम नगर उपप्रमुख शिवकुमारी थारुको विशिष्ट आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलको प्रमुख आतिथ्य, प्रशासन प्रमुख विपिन खनालको आतिथ्य र वडा सचिव नारायण पंगेनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























