कपुरी डेकस
शिवराजको जीवनको पहिलो चिलगाडीको यात्रा कहिल्यै नबिर्सिने अनुभव बन्न पुग्यो । ४० वर्षको उमेरमा उनले पहिलो पटक जहाज चढ्ने अवसर पाएका थिए । अचानक आएको एक सन्देशले उनका मनमा उत्साह र डरको मिश्रण ल्याएको थियो। पहिलो पटक चढ्दै छु, के हुनेछ? उनले बारम्बार सोच्न थाले।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा खडा हुँदै शिवराजका आँखामा अनौठो उत्साह थियो । जहाजको आकार र गति सबै केही फिल्मका दृश्य जस्तो लागिरहेको थियो। उडानको तयारी गरिरहेको बुद्ध एयरलाइनका कर्मचारीहरूले उनलाई सुरक्षा उपायहरूको बारेमा जानकारी दिए र सिट बेल्ट बाँध्न भने । के यो साँच्चिकै त्यति ठूलो अनुभव हुनेछ? उनले मनमनै सोचे ।
विमान उड्न थालेपछि, शिवराजको मनमा एक अनोठो डरको साथ रोमाञ्चकता छायो । विमानले आकाशतर्फ उड्न थालेपछि बाहिरको दृश्यले उनलाई आश्चर्यचकित बनायो । तल हरियाली, साना नदिहरू र घरहरू देखिन थाले । उनी सोच्न थाले के यस्तै मेरो जीवन पनि छ? सानो र असुरक्षित देखिने तर ठूलो र आशा पूर्ण?
चिलगाडीको झ्यालबाट बाहिरको दृश्यले उनलाई जीवनका गहिरा सन्देशहरू दिए । पृथ्वीका सबै आकारहरू साना देखिन्थे र आकाशसँगको सम्पर्कले उनलाई जीवनको एक नयाँ दृषटिकोण दियो। यस यात्रा र आकाशसँगको सम्पर्कले उनीलाई एक गहिरो शिक्षा दियो-कहिल्यै पनि डरलाई अँगाल्नु पर्छ र त्यस डरसँगै नयाँ साहस र आत्मविश्वासको बाटोमा अगाडि बढ्नु पर्छ।
विमानको गति बढ्दै जाँदा शिवराजको दिमागमा यही विचार घुम्न थाल्यो-हामी कति यस्ता क्षणहरू छोड्छौं जसमा केवल डरले हामीलाई अघि बढ्नबाट रोक्छ? र जब हामी डरलाई पार गर्दै जान्छौं तब हामी नयाँ संसारका लागि तयार हुन्छौं। जीवनमा हामीलाई बारम्बार यस्ता अवसरहरू आउँछन् जब हामीलाई डरको सामना गर्नु पर्छ र त्यसपछि एउटा नयाँ यात्रा सुरु हुन्छ ।
शिवराजले मायाले बोलाउने शब्द वकिल दादा (राजा साब) बीच-बीचमा उनलाई प्रोत्साहन दिन्थे । तिमीलाई कस्तो लागिरहेको छ? यात्रा बढ्दै छ मनको डरलाई पार गर । यी शब्दहरूले शिवराजलाई अझ बलियो बनायो र उनले आफूमा थप विश्वास बढेको अनुभव गरे ।
शिवराजलाई मुद्दा हाल्ने व्यक्ति बुढो वकिल जो अनुभवी र उमेरले ८० वर्ष भन्दा माथीका दिन पार गरिसकेका थिए । उनलाई जेष्ठ नागरिकका रूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने व्यवस्था थियो तर विदेश यात्रामा जादा उनले समयमा सामाजिक सुरक्षा भत्ता नविकरण गर्न नसक्नुको कारण उनले सामाजिक सुरक्षा भत्ता गुमाए यसै कारणले, उनले आफ्नो अधिकार पुनः प्राप्त गर्न कानूनी प्रक्रिया शुरु गरे र शिवराजलाई चिलगाडीको यात्रामा पुर्याय ।
काठमाडौं पुग्दा, शिवराजले महसुस गरे-यो यात्रा केवल हवाई यात्रा मात्र थिएन। यो जीवनका नयाँ अवसर र अनुभवहरूको खोजी हो । हावा,आकाश र पृथ्वीको मिलनले उनलाई सिकायो कि जीवनका चुनौतीहरूलाई सामना गर्दा हामी त्यहाँ पुग्न सक्छौं जहाँ हामीले कहिल्यै कल्पना गरेका थिएनन् ।
शिवराजले अन्ततः यो बुझ्न सके कि जीवन एक यात्रा हो। हरेक यात्रा नयाँ सम्भावनाहरू, नयाँ अनुभव र नयाँ पाठहरूको बारेमा हो। चिलगाडीको उचाइले उनलाई यो शिक्षा दिइरह्यो-जीवनका सबै डर र चुनौतीहरू पार गर्दा मात्र हामी आफ्नो वास्तविक उचाइसम्म पुग्न सक्छौं ।
शिवराज जानिसकेका थिए कि जीवनका हरेक यात्राले नयाँ अवसर र अनुभवहरूको बाटो खोलेको छ र यस अनुभवले उनलाई विश्वास दिलायो-कहिल्यै डरलाई अँगालेर नभाग्नुहोस्। जीवनका हरेक यात्रा चाहे त्यो चिलगाडीको होस् या जीवनको नयाँ अवसर र सम्भावनाहरूको लागि खुला हुन्छ।
राजा साबले शिवराजमा आएपछिको आफ्नो पसलमा कफिको चुसकी सहित एक दिन शिवराजलाई भने । तिमीले यात्राको यस क्षणलाई जीवनका अन्य महत्वपूर्ण यात्रा र चुनौतीहरूको रूपमा देख्न सके तिमी कहिल्यै पछाडि फर्केर हेर्यौ भने तिमीले नयाँ अवसर र साहसको नयाँ मार्ग आफ्नो अगाडी पाउनेछौ।