दिपक खड्का असोज ७
शिवराज नगरपालिकामा सोमवार नगर परिषदको बैठक नगर प्रमुख तथा नगर युवा परिषदका अध्यक्ष अजय थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकले वडाको प्रतिनिधित्व हुने गरि वडाको सिफारिसमा नगर युवा परिषद संचालन तथा व्यवस्थापन कार्यविधि २०८० को परिच्छेद ३ को दफा ५ को १(ढ) बमोजिम ११ जना सदस्यहरुलाई मनोनित गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिनेश कुमार चौधरीले जानकारी दिनु भयो ।
बैठकले नगर युवा परिषद संचालन तथा व्यवस्थापन कार्यविधि २०८० को परिच्छेद ३ को दफा ५ को १ (ग,घ,ड,च,छ) बमोजिम ८ जना सदस्य समेत मनोनित गरिएको चौधरीले बताउनु भयो ।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगर युवा परिषदले युवाहरुलाई रचनात्मक,उद्यमशीलता बनाउने र उनिहरुमा रहेको अन्तरनिहित क्षमतालाई उजागर गरिने बताउनु भयो ।
नगर प्रमुख थापाले अब युवा परिषदले नेपाल सरकारले स्विकृत गरेका युवा लक्ष्ति कार्यक्रमको संघीय तह,प्रदेश तह र स्थानिय तहमा रहेका श्रोत साधनको प्रयोग र अन्य साझेदार गैरसरकारी निकायहरु वाट संचालित युवा लक्ष्ति कार्यक्रमहरुको समन्वय,सहकार्य र सहजिकरण गरिने बताउनु भयो ।
शिवराज नगर युवा परिषदका उपाध्यक्ष राज कुमार चौधरीले प्रत्येक वडामा युवाक्लबहरुको गठन गरिने र युवाका गतिविधिहरु संचालन गरिने बताउनु भयो ।