दिपक खड्का भदौ १६ चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिकाले वडा न ५ मा सञ्चालन गरेको आधारभूत स्वास्थ्य सेवा अस्पतालमा आइतवार देखि स्वास्थ्य बीमाको प्रथम बिन्दुका रुपमा स्वास्थ्य बिमा कार्यक्रमको शुभराम्भ भएको छ ।
यस क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम नहुँदा विभिन्न रोगको उपचार र बीमाको लाभ लिन अन्यत्र जानुपर्ने बाध्यता रहेकोले कार्यक्रम संचालनमा आएपछि बिरामी व्यक्तिहरुलाई सेवा लिन सहजहुने स्थानिय समाजसेवी सन्तोष चौधरीले बताउनु भयो ।
नेपाल सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवा सहजताका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । हाल सम्म कपिलवस्तुमा जिल्लामा जिल्ला अस्पताल तौलिहवा,पिपरा स्वास्थ्य चौकी,बहादुरगंज शिवराज अस्पताल,महाराजगंजअस्पताल,मायादेवी स्वास्थ्य चौकी र छैठौं शिवराज आधारभूत सेवा अस्पताल चन्द्रौटा रहेको छ ।
शुभकामना मन्तव्य राख्दै शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बीमा कार्यक्रम मार्फत यस क्षेत्रका नागरिकहरुलाई ११ सय किसिमको औषधिहरु उपलब्ध हुने बताउनु भयो ।
कार्यक्रममा अस्पतालका मेसु अमित पाण्डेले बीमाको औषधि दाबीका लागि तुरुन्त इन्डोर सेवा सञ्चालन गर्नुपर्ने बताउनु भयो । पाण्डेले बिमा कार्यक्रम सञ्चालनका लागि ३ बेडवाट सेवा सुरुवात गर्नुपर्ने र बीमा सुविधा दाबीका लागि ४८ घण्टा सम्म बिरामी अस्पतालमा भर्नाहुनुपर्ने नियम भएको बताउनु भयो ।
स्वास्थ्य बीमा बोर्ड कपिलवस्तुका संयोजक वरिष्ठ तिवारीले ३५ सय रुपैयामा स्वास्थ्य बीमाहुने र एक वर्ष भित्र कुनैपनि रोग लागेमा रु एक लाख रुपैया सम्मको भुक्तानी हुने बताउनु भयो । नेपाल सरकारवाट उपलब्ध हुने अन्ठान्नब्बे किसिमको औषधी बाहेक अन्य औषधीको दाबी रकम भुक्तानीहुने तिवारीले बताउनु भयो ।
शिवराज स्वास्थ्य सेवा अस्पताल कपिलवस्तुको छैंठो बीमा दिने सेवा प्रदायकको रुपमा सुचिकृत भएको बताउदै मानव अधिकार प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद खतिवडाले जिवनमा स्वास्थ्य सबै धन्दा महत्पुर्ण भएकोले बीमा कार्यक्रम यस क्षेत्रमा प्रभावकारी हुने बताउनु भयो ।
शिवराज नगरपालिकाका सामाजिक विकास शाखा संयोजक टेकलाल सापकोटाले एक वर्ष देखि प्रयास भइरहेको स्वास्थ्य बीमा कार्यक्रमको शुभराम्भ हुनु यस क्षेत्रका बासिन्दाहरुका लागि खुसिको विषय भएको बताउनु भयो ।
मन्तव्य राख्दै शिवराज नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारीले बीमा कार्यक्रम नगरवासीका लागि वरदान र जीवन सुखि हुनका लागि स्वास्थ्य हुन जरुरी भएको बताउनु भयो । औषधि खरिदमा हुने ठुलो चलखेल वाट बच्नु पर्ने र आफु मेयर हुदाँ चालिस लाख रुपैया बराबरको औषधी टेन्डर गर्दा १८ लाख रुपैयामा उपलब्ध भएको स्मरण गराउदै सचेत हुनुपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका मेयर अजय थापाले हरेक काममा चुनौती हुने भएकोले चुनौतीको सामना गर्न कर्मचारीहरु तयार हुनुपर्ने बताउनु भयो । थापाले आर्थिक वर्ष २०८१/०८२ मा शिवराज नगरपालिकाको हरेक वडाहरुमा विशेषज्ञ सेवा सञ्चालनको कार्य योजन रहेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले अस्पताल सञ्चालनका लागि सबै सरोकारवालाहरुलाई सकारत्मक सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रम शिवराज स्वास्थ्य सेवा अस्पतालका प्रमुख बिरेन्द्र मिश्रको संचालन र अस्पतालका अध्यक्ष नेत्र प्रसाद बेल्वासेको अध्यक्षतामा सम्पन्न भएको थियो ।