२२ साउन चन्द्रौटा,कपिलवस्तु ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारास्थित धरहरा सञ्चालनमा रहेको अन्योलबारे विवादाष्पद अभिव्यक्ति दिएका छन्। ‘धरहरा कुनै पालिका विशेषको होइन,’ ओलीले धरहराको स्वामित्व काठमाडौं महानगरको नभएको भन्दै आलोचना समेत गरेका थिए ।
‘बेसमेन्टमा पार्किङ बनिसकेको छैन, निःशुल्क पार्किङ भनेको छ, सरकारले त्यत्रो पैसा खर्च गरेको, अलिकति शुल्क लिए त निर्माणको पैसा उठ्छ नि ! सचिवहरूलाई निर्देशन दिने क्रममा ओलीले अभिव्यक्ति दिए ।
ओलीले धरहराको लिफ्ट खिया लागेर बसेको बताउदै ‘धरहराको टुप्पोबाट देखेको काठमाडौं साँच्चै मनमोहक देखिन्छ, अनि किन सञ्चालन नगर्ने ?,’ उनले कुन मन्त्रालयबाट कसरी सञ्चालन गर्ने हो, त्यसको कार्यविधि बनाउन निर्देशन दिएका थिए ।