दिपक खडका चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले श्रावण ७ गते देखि नगर क्षेत्र भित्र कुनै पनि पशु-पक्षी बिरामी भएमा कृषकहरुले on call सेवा लिन सक्ने बताउनु भयो ।
बिरामी पशुहरुले समयमा उपचार पाउने उदेश्य र कृषकहरुको घरगोठमा गई निशुल्क रुपमा परामर्श तथा प्रावधिक सेवा लिन सकिने र कृषकहरुले पशु पक्षी बिरामी भएको कुनैपनि समयमा यो सेवा नगरपालिकाले उपलब्ध गराएको सम्पर्क नम्बरमा कल गरि लिन सकिने पशु विकास शाखाका प्रमुख धनेश्वर खनालले जानकारी दिनु भयो ।
पालिकाले शुरु गरेको अनकल सेवा वाट कृषकहरुलाई धैरे फाइदा हुने र उक्त सेवा वाट घाइते अवस्थामा गम्भीर भइ मृत्यु हुन सक्ने अवस्थाका बिरामी पशुहरुलाई उपचार समयमा पाउने शिवराज एकीकृत कृषि फार्मका संचलालक शरद अधिकारीले बताउनु भयो ।
नगरपालिकाले शिक्षा,स्वास्थ्य र कृषकहरुको पक्षमा उनीहरुलाई प्रत्यक्ष फाइदा हुनेगरि विभिन्न किसिमका क्रियाकलापहरु संचालन गर्दे आइरहेको र यस वर्षदेखि पालिकाले आफ्नो निति तथा कार्यक्रममा स्नातक तहको अध्यनका लागि मेयर उपमेर छात्रवृति कार्यक्रम संचालन गर्ने तयारी गरेको छ ।