एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज नेपालले पाकिस्तानसँग भिड्दै छ ।
श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने उक्त खेल नेपाली समयानुसार बेलुका सवा ७ बजेदेखि सुरु हुने छ ।
इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक एसिसी महिला एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो।
यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।
खेल सूचीअनुसार नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत पनि छ। समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन्।
नेपालले पहिलो खेलमा शुक्रबार युएईलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो।