चन्द्रौटा,कपिलवस्तु ।

शिवराज नगरपालिकामा अहिलेसम्म ६० प्रतिशत धान रोपाई भइ सकेको छ ।  पालिका भित्र ९ हजार २ सय  हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको शिवराज नगरपालिकाका कृषि विकास शाखाका प्रमुख अधिकृत तारा चन्द्र चौधरीले बताउनु भयो ।

श्रावण महिनाको पहिलो सप्ताह  सम्म पालिका भित्र ६० प्रतिशत धान रोपाइँ भइ सकेको र समयमा पानी नपरेकोले शिवराज क्षेत्रका दक्षिण भेगका किसानहरुलाई  बिउ राख्ना ढिलाई भएकोले अहिले उक्त क्षेत्रमा रोपाइँ भइरहेको छ  ।

अहिले पानी अत्याधिक पर्नाले दक्षिण भेगमा रोपाइँ चलि रहेको र शिवराज नगरभित्र ४० प्रतिशत मात्र सिचाई सुविधा उपलब्ध भएकोले सुरुमा पानी नपर्नु र किसानले ढिलो बिउँ राखेका कारण दक्षिण भेगमा अहिले सम्म रोपाइँ चलीरहेको चौधरीले बताउनु भयो ।

चौधरीले नगर भित्र  साभा मञ्सुली,हल्दी नाथ,हाइब्रेडमा महेन्द्रा तिस तिस चौसठ चौवालीस,तिन सय बाह्र  लगायतका आधुनिक र परम्परागत दुवै जातका धान लगाइने गरिन्छ । यसवर्ष शिवराजमा  ३ देखि ४ मेट्रिक टन प्रति हेक्टर धान उत्पादन हुने लक्ष्य राखिएको बताउनु भयो ।

पहिले गोरुको अत्यधिक प्रयोग गरिने खेतहरुमा पछिल्लो समय रोपाईका लागि ट्याक्टरको प्रयोग बढ्दै गएको छ । कम लगानी र थोरै समयमा धेरै जोतिने भएकाले ट्याक्टरको प्रयोग बढ्दै गएकोले किसान यस तर्फ आकर्षित भएका छन् ।