चन्द्रौटा कपिलवस्तु ।
पश्चिमी क्षेत्रमा संस्थागत विद्यालयहरुमा अब्बल पहिचान बनाएको आवर मदरलेण्ड एकेडेमीले शिक्षकहरुलाई क्षमता अधिवृद्धिका तथा उत्प्रेरणा तालिम प्रदान गरेको छ ।
तालिममा व्यवहारीक र प्रयोगात्मक तथा समयाअनुकुलको शिक्षा प्रणालीमा जोड दिएको खरिद समितिका सदस्य विजय सापकोटाले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद अधिकारीले कक्षा अध्यापन गराउने शिक्षकले आफुपनि पढ्ने बानीको विकास संगै कक्षा कोठामा विद्यार्थीहरुलाई रचनात्मक तरिकाले अध्यापन गराउने पर्ने बताउनु भयो ।
अधिकारीले शिक्षक कक्षा कोठामा प्रवेश गरेपछि विद्यार्थीहरुलाई नयाँ विषय वस्तुको ज्ञान सहित कक्षाकोठामा प्रवेस गर्न सके विद्यार्थीहरुमा पढाइ प्रति रुचि बढ्ने बताउनु भयो ।
आवर मदरलेण्ड एकेडेमीले पछिलो समय गुणस्तरिय शिक्षा प्रादन गर्ने उपदेश्यले अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गर्दे आइरहेको छ ।
आवर मदरलेण्डका प्रिन्सिपल कुलराज ढुङ्गानाले विद्यालयको शैक्षिक अवस्थामा सुधार सहित अभिभावकहरुले आफ्ना बालबालिकालाई घरमा समय दिन सके हामले चाहे जस्तो शैक्षिक उपलब्धि हासिल गर्न सकिने बताउनु भयो ।
आवर मदरलेण्ड एकेडेमीले नर्सरी कक्षा देखि कक्षा १२ सम्मको अध्यन-अध्यापन गराउदै आइरहेको र बालबालिकाहरुलाई प्राथमिक उपचार सहित कम्प्युटर लेब संचालन गरि शिक्षण क्रियाकलाप गराउदै आइरहेको छ । अभिमुखिकरण तालिमको सहजीकरण यस क्षेत्रका चर्चित सहजकर्ता मनिषदेव मिश्राले गर्नु भएको थियो ।