कपिलवस्तु ,
गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को कपिलवस्तु प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ (१) को निर्वाचन अधिकृतको निर्णय लाई बदर गरी दोहोर्याइ मतगणना गरीपाउ भनी प्रदेश सभाका उमेदवार रबिदत्त मिश्रले दिएको रिट सर्वोच्च अदालतको संबैधानिक इजलासले खारेज गर्दै निर्वाचन अधिकृत प्रकाश मरासिनीको निर्णय नै सदर गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालयको तर्फबाट निर्वाचन अधिकृत प्रकाश मरासिनीले मत गणनाको शुरु थालनी देखि अन्तिम सिफ्टको गणना सम्म मिश्रका मतगणना प्रतिनिधिको प्रत्येक्ष संलग्नतामा गणना गरिएको, मत पेटिका खुल्ने मुचुल्का र मतगणना फारममा समेत मिश्रका प्रतिनिधि बाट प्रत्येक सिफ्टको मतपरिणाम रुजु गरी गराइ भिडाइसकी हस्ताक्षर गरेर मतगणना सम्पन्न भएकाले पुनः मतगणना गर्नु नपर्ने लगायतका ५ कारण पेश पेश गरेका थिए ।
उक्त निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित अर्जुनकुमार केसी हाल लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री हुनुहुन्छ ।