चन्द्राैटा, ८ चैत ।
कपिलवस्तु, शिवराज नगरपालिका वडा नं ३ मा अवस्थित रहेको श्री शिवराज कृषि सहकारी संस्था खरेन्द्रपुरमा संस्थाका अगुवा कृषक तथा पशू पालक कृषकहरुलाई तालिम गराएको छ । कृषि विकास शाखा कार्यालय, पशु विकास शाखाबाट प्राविधिक आएर अगुवा कृषक लाई तालिम दिएका हुन् ।
कृषि शाखा शिवराज नगरपालिका चन्द्रौटा का प्रा, स केशव प्रसाद भुसालले गर्मी सिजनका तरकारीहरु लगाउने तरिका, रोगको पहिचान, विषादी प्रयोग गर्ने तरिका को बारेका प्रकाश पार्नु भएको थियो ।
कृषि शाखा प्राविधिक, किरण चौधरीले मल र विभिन्न रासायनिक पदार्थको कमी या ज्यादा हुँदा बिरुवामा लाग्ने रोग, लक्षण, र यसको समाधान गर्ने उपाय, विधि बारेमा प्रशिक्षण दिनु भएको थियो । साथै कृषकहरुले सोधेका गुनासाहरुको जवाफ दिनु भएको थियो ।
यसैगरी पशु चिकित्सक माधव आचार्यले
सीजन अनुसार पशु हरुमा लाग्ने विभिन्न रोगहरु बारेमा प्रशिक्षण दिनु भएको थियो । संस्थाका अध्यक्ष केर सिंह अदैको अध्यक्षतामा र श्याम खनाल को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका शेयर सदस्य मध्ये कृषि पेशा, पशुपालन पेशा गर्ने अगुवा ३५ जनालाई संस्थाले तालिमको व्यवस्था मिलाएको अध्यक्ष अदैले बताउनु भएको छ ।