कमल बिष्ट, कपिलवस्तु
शिवराज नगरपालिकाको १ नम्बर वडा बेलौतीको जय बुद्ध सामाजिक युवा क्लबको आयोजनामा आयोजित १० औं जय बुद्ध कप फुटबल लिग २०८० मा शिवगढी स्पोर्टिङ तुरुन्तपुर बिजेता बनेको छ, महिला तर्फ भने आयोजक क्लब जय बुद्ध सामाजिक युवा क्लब बेलौतीको टिम च्याम्पियन बनेको छ ।
आज फाइनल तर्फ महिला र पुरुष दुबै तर्फका खेल भएका थिए जनमा पहिलो खेल महिला तर्फ जय बुद्ध सामाजिक युवा क्लब शिवराज १ बेलौती र द ब्राइट युवा क्लब बिजयनगर बिच भएको थियो जसमा बिजयनगर लाई १ का बिरुद्ध ३ गोल गर्दै जय बुद्ध सामाजिक युवा क्लब महिला टिम तर्फको फुटबलमा च्याम्पियन बनेको थियो भने द ब्राइट उप बिजेतामै चित्त बुझायो ।
प्रतियोगितामा दोश्रो खेल पुरुष तर्फको प्रतियोगितामा शिवगढी स्पोर्टिङ शिवराज ९ तुरुन्तपुर र जागृति युवा क्लब बिच भएको थियो, निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउट मार्फत नतिजा निकालिएको थियो, पेनाल्टी सुटआउटमा जागृतिका खालाडी एक पेनाल्टीमा चुक्दा शिवगढी स्पोर्टिङली ५-४ को गोल अन्तरमा उपाधिमा कब्जा जमाएको हो ।
प्रतियोगितामा पुरुष १० टिम र महिला तर्फ ६ टिम गरी १६ टिम सहभागी रहेका थिए, पुरुष तर्फ प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु ६० हजार र उपबिजेता टिमले नगद रु २५ हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे भने महिला तर्फ बिजेताले नगद रु. १५ हजार र उप बिजेताले ५ हजार साथमा आकर्षक ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, क्लबका अध्यक्ष तिलक बहादुर पुनको अध्यक्षता, चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोख्रेलको विशिष्ट आतिथ्यता, नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरी, कार्यपालिका सदस्य गङ्गा घर्ति मगर, वडा सदस्य कुमारी बसन्ति दुतराज, हुमाकान्त खनाल, लक्ष्मी हमाल, टिका बिक लगायत अतिथिहरुको आतिथ्यता रहेको थियो ।