कपिलवस्तुमा निर्मम हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ। घर नजिकै  घुमेर आउँछु भनेर घरबाट निस्केका उनी सम्पर्कविहीन भएको पारिवारिक श्रोतले जनाएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रहेको शवलाई मृतकका भाइले सनाखत गरेका थिए।

शरीरको केही भागमा जलेको अवस्थामा रहेको जिन्सको ज्याकेट, कपडा लगायतका कुरा आफ्नै छोराको रहेको मृतकका बुवा रामपतिले बताए।

शवलाई पोस्टमर्टमकालागि सोमबार बुटवल लगिएको थियो। प्रहरीले घटनाको अनुसन्धान सूक्ष्म रुपले गरिरहेकाे प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। घटनाका अभियुक्तलाई चाडै कानुनको दायरामाल्याउने उनले बताए।