शिवराज नगरपालिका नगरप्रमुख अजय थापा बुधबार साँझ न्यानो कम्बल र चिउरा बोकेर जाजरकोटको नलगाङ प्रस्थान गर्नुभएको छ ।
मेयर थापाले एउटा पालिका दुखमा पर्दा आर्को पालिकाले सहयोग गर्ने भावनालाई आत्मसात गर्दे जाजरकोट हिडेको थापाले बताउनु भयो ।
कार्यपालिकाको निर्णय अनुसार शिवराज नगरपालिका जनप्रतिनिधिको ३ दिनको (तलब) नगरपालिका भित्रका कार्यरत शिक्षक, स्वास्थ्यकर्मी र नगर कर्मचारीहरुको १ दिनको तलब उठाई सात लाख बराबरको राहत साम्रागी हस्तान्तरण गरिने प्रमुख थापाले बताउनु भयो।
थापाका अनुसार ३ सय थान न्यानो कम्बल र ५ किलोको दरले २५० पोका चिउरा सहितको राहत शिवराजको तर्फबाट नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर रावतलाई हस्तान्तरण गरिने बताउनु भयो ।
अन्य पालिकाले नगरपालिकाको कोषबाट राहत दिने निर्णय गरेपनि शिवराजले सेवा सुविधालाई कटौती गरेर राहत दिने निर्णय गरेको थापाले बताउनु भयो ।
मेयर थापा सहित वडा अध्यक्ष टेकलाल सापकोटा, खिम बिक्रम केसी, रिजवान मुसलमान, राम गोपाल चौधरी कर्मचारीको तर्फवाट लेखा अधिकृत रामचन्द्र मरासिनी सहित ७ जनाको टोली जाजरकोटको नलगाङ नगरपालिकाका लागि हिडेको थापाले बताउनु भयो ।