शहबाज खान, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयबाट अवैध तरिकाले लगातार यात्रुवाहक बस भित्रिने गरेका छ ।

भन्सार कर्मचारीको मिलेमतोमा राति ११ बजेपछि पनि सवारी साधन भित्रिने गरेको पाइएको श्रोतले दाबी गरेको छ । कृष्णनगर भन्सार कार्यालयमा भइरहेको अनियमितताको विषय लिएर पहिले देखि नै विवादमा हुदै  आएको छ ।

कार्तिक ४ गते रात्रि भारतबाट स्वम्भु मन्जुश्री यात्रा नामक आएको नेपाली बस गाडि न  बा ५ ख १२३८ नम्बर लेखेको बस रात्रि ११ बजे भन्सार कर्मचारीको मिलोमातोमा नेपाल भित्रिएको पाइएको हो  ।

स्रोतका अनुसार चेकजाँच बिना उक्त गाडी नेपाल भित्रिएको दाबी गरिएको छ । भन्सार कार्यालयको नियामानुसार रात्रि १० बजेसम्म मात्रै सवारी साधन आवतजावत गर्न पाइन्छ ।

रात्री १० बजेपछि भारतबाट आएको सवारी साधन फर्कनु पर्ने फिर्ता वा भन्सार कार्यालयको प्राङ्गणमा पार्किंग गरि राख्नुपर्ने हुन्छ । भन्सार कार्यालयको समयमा कार्यालय खुलेपछि मात्रै जान पाउने नियम भएपनि  अधिकांश नेपाल–भारत चल्ने यात्रुवाहक बसहरु नियम विपरीत भन्सार कार्यालयका कर्मचारीहरुको मिलेमतोमा रात्री १० बजेपछि आएका सवारी पनि नेपाल भित्रिने गरेको स्रोतले जनाएको छ ।

भन्सार कार्यालय कृष्णनगरका अधिकृत बिकास उपाध्यक्ष अनुसार बिहान ६ बजेबाट रात्री १० बजेसम्म भन्सार गेट खुल्ने समय रहेको उहाँले बताउनु भयो । उहाँका अनुसार नेपाल भारत मैत्री यात्रुवाहक बसहरुले दुतावासबाट परमिट बनाएका छन। परमिट बनाएका यात्रुवाहक बसलाई चेकजाँच गरि पठाउने गरेको वहाँले बताउनु भयो । स्वयंम्भु मन्जुश्री यात्रा लेखिएको यात्रुवाहक बसको कुनै प्रकारको आउने जाने लिखितम प्रमाण कृष्णनगर भन्सार कार्यालयमा राख्नु पर्दैन। दुतावासले बनाएको परमिटको आधार देखेर आउन जाना दिएको अधिकृत उपाध्यायले बताए। सर्वसाधारण मोटर गाड़ी, मालवाहक गाडी १० बजे पछि जाना‌ नपाउने दुतावासबाट परमिट बनाएका यात्रुवाहक बसहरुलाई जना पाउने उपाध्यायले बताउनु भयो। भारतका भन्सार विभागले आउन दिए पछि हामी पनि चेक चाज गरि पठाएको उपाध्यायको भनाइ रहेको छ ।

कार्तिक ४ गते राती ११ बजे स्वयंम्भु मन्जुश्री यात्रा लेखिएको यात्रुवाहक बस भारतबाट आएर नेपालमा बिना चेकचाज भित्रनु सिमा सुरक्षामा खटेका सुरक्षाकर्मीहरु माथि ठुलो‌ प्रश्न खड़ा गरेको ‌छ।

नेपाल भारत सिमानाकामा अवैध तस्करी बारे दिन‌ दिनै प्रकाशमा आउदा पनि कृष्णनगर भन्सार कार्यलयको गेटमा बिना चेकचाज यात्रुवाहक बस भित्रनु‌ ठुलो प्रश्न उठी रहेको छ। भन्सार कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा यस्तो काम भइरहेको  स्रोतको दावी छ ।