कृष्णनगर सिमानाकामा रोकिएन तस्करी,प्रहरीको मिलोमतो तस्करी धन्दा
शहबाज खान, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको दक्षिण पश्चिम पर्ने कृष्णनगर सिमानाकामा प्रहरीको मिलोमतोमा तस्करी हुदै आएको छ । सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको सेटिङमा नै तस्करी धन्दा मौलाएको हो ।
प्रहरी मिलेमतोमा खुल्ला रुपमा अवैद्य चोरी निकासी बढिरहेको छ । भारतबाट कपडा, चीनी, सुर्ती, मटर (केराउ), मोटरपार्ट, हार्डवेयर, जुता चप्पलको तस्करी भइरहेको कृष्णनगरका स्थानीयले बताएका छन् ।
कृष्णनगर बजारमा केही सप्लायर्सहरुले ठुलो मात्रामा कपडा, जुता चप्पल, सुर्ती, मोटरपार्ट तथा हार्डवेयरका सामानहरु तस्करी गर्ने गरेकोको खुलेको छ ।
स्रोतका अनुसार तस्करले देखावटीका लागि मात्र सानो मात्रामा सामान भन्सार गराउने र बाकी ठुला परिमाणका सामानहरूलाई सेटिङमै नेपालमा ल्याउने गरेका छन् ।
सामानहरु पिकअप, अटो–रिक्सा तथा सार्वजनिक बसहरुमा राखि नेपालको चन्द्रौटा,दाङ्ग,,घोराही, प्युठान,अर्घाखाची, बुटवल र पाल्पााका बजारहरूमा सप्लाई हुने गरेको छ ।
तस्करले कृष्णनगर नगरपालिकाको पश्चिम दक्षिण लक्ष्मीनगर, सिर्सिहवा र ठाकुरापुर नाकाबाट र कृष्णानगरको पुर्व सेमरा, कुकुरभुकवा, बगही र भिल्मी नाकाहरुबाट तस्करी हुने गरेको छ ।
प्रत्येक नाकामा सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको चेकपोस्ट, प्रहरी चौकी तथा सादा पोशाक मोटरसाइकल गस्ती टोली हुँदा पनि तस्करी नियन्त्रण हुन सकेको छैन ।
तस्करीको साथसाथै सशस्त्र प्रहरी बल कृष्णनगर तथा नेपाल प्रहरी बल कृष्णनगर, बहादुरगञ्ज तथा चन्द्रौटाले चेकपोस्ट बनाई भारतीय मालवाहक गाडीहरुबाट प्रत्येक गाड़ीबाट १०० रूपैयाँ देखि २०० रुपियाँ अबैध असुली समेत गर्ने गरेका छन् ।
दिनहुँ यसरी अवैध रकम असुल्ने गरेको भारतीय मालवाहक गाडीका चालकहरुले गुनासो गरे । कृष्णनगर देखि चन्द्रौटासम्म ९ ओटा चेकपोष्ट ४ वटा नेपाल प्रहरी २ ओटा सशस्त्र प्रहरी बल र ३ ओटा ट्राफिक प्रहरी नेपालको चेकपोष्टहरुले भारतीय मालवाहक गाड़ीहरुबाट इन्ट्रीको नाममा अवैध रकम असुली गर्ने गरेका छन् ।
भारतको बढ़नी बजारबाट सर-समान किनमेल गरेर फर्केका सर्वसाधरणलाई चेक-जाँचको नाममा प्रहरीले सास्ती दिएको साधरण उपभोक्ताहरूको गुनासो छ । साधरण व्यक्तिहरुबाट समेत अवैध पैशा असुल्ने लिङ्क गेट प्रहरी, भन्सार गेटमा सशस्त्र प्रहरी बल, गणेशपुर चोकमा रहेको ईप्रका कृष्णनगरका नेपाल प्रहरी चेकपोष्टले समेत अवैध रकम असुल्ने गरेको सर्व-साधारणले बताए ।
जिल्लाका उच्च अधिकारीहरुले त्यस्तो नहुनु पर्ने, खुल्ला सिमामा जनशक्तिको अभावले हुन सक्ने बताए ।
प्रहरी अवैध निकासी पैठारी नियन्त्रण गरि गरिरहेको भन्दै तस्करी तथा अवैध कारोबारी नियन्त्रणमा खटिरहेको दावी गरे तराई क्षेत्रका खुल्ला सिमा नाकाहरुमा मौलाइएको तस्करीको कारणले तराई क्षेत्र नेपालमा रहेका स-साना उद्योग कल करखानाहरु धारासाहि हुँदै धमाधम बन्द हुने अवस्थामा पुगे र कतिपय बन्द भइसकेका छन् । तस्करी नियन्त्रणका लागि खटेका प्रहरी नै आफु पैसा कमाउने प्रयासमा लागेका छन् । अवैध निकासी पैठारी प्रहरी आफै सक्रिय भएपछि नियन्त्रण असफल भएको र सरकारलाई धेरै परिमाणमा राजश्व गुमाइ रेहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















