होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आईएमई पे मार्फत भुक्तानी गर्दा छुट
काठमाण्डौ, २ कार्तिक । नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका विभिन्न होटेलहरुमा बुकिंग गरी
आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
नजिकिँदै गरेको राष्ट्रिय चाड दशैँ तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको यो छुट कात्तिकको अन्त्य सम्म लागू हुनेछ। यसका सम्बन्धमा आईएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता हस्ताक्षर गर्नुभएकाे हाे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















