अब दुध उत्पादक किसानलाई अनुदान दिन्छौँः अध्यक्ष थापा
घनश्याम भर
विजयनगर, १९ असोज ।
कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले दुध उत्पादन गर्ने किसानलाई अनुदान दिने बताएका छन् । उनले दुध उत्पादनको आधारमा पशु पालक किसानलाई अनुदान दिने बताए । गाउँपालिकाभित्रका उत्पादन गर्ने किसानलाई प्रति लिटरमा २÷३ रुपियाँको दरले अनुदान दिने उनले बताए । ग्लोबल डेरी प्रालिले जिल्लाको विजयनगर गाउँपालिकामा आयोजना गरेको किसान भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
उनले आगामी वर्षबाट गाउँपालिकाले किसानलाई अनुदान उपलब्ध गराउने योजना बताएको बताए । आफ्नो बलबुतामा मात्र किसानले कृषि पेसामा निर्भर रहेको बताउँदै राज्यले प्रयाप्त रुपमा सम्बोधन गर्न नसकेको उनले बताए । अध्यक्ष थापाले भने “अब विजयनगरका दुध उत्पादक किसानलाई अनुदान दिन्छौँ । यसलाई व्यापक बनाउनुपर्छ” गाउँपालिकाले आवश्यकता अनुसार पुरा गर्ने, रेखदेख र माग पुरा गर्दै जाने कुरामा अग्रसर रहेको उनले बताए । उनले किसानले उत्पादन गरेको मूल्य तोक्न नसकेकोले चारैतिरबाट चपेटामा परेको बताए । उनले दुध उत्पादन व्यापक बनाउनुपर्ने बताउँदै किसानलाई गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । ग्लोबल डेरीका प्रमुख तथा लुम्बिनी प्रदेश एशोेसेनका अध्यक्ष थनेश्वर न्यौपानेले किसानहरु दुधतिर आकर्षित भएको बताएका छन् ।
उनले आर्थिक मन्दीका कारण दुधलाई बजारीकरण गर्न समस्या भइरहेको बताउँदै दुधको समस्या समाधनका लागि पटक–पटक आन्दोलनमार्फत सरकारको ढोका ढक्ढकाउँदै आएको जिकिर गरे । घिउ स्टोकमा हुँदा केही समस्या सिर्जना भए पनि ग्लोबल दुध प्राति किसानको साथमा रहेको उनले बताए । उनले ३० करोडको माल स्टक रहेकोले किसानलाई पनि केही समस्या हुँदै आएको बताए । न्यौपानेले किसानले उत्पादन गरेको दुधको गरिद गर्ने ग्यारेन्टी लिने बताए ।
उनले बढी दुध दिने उन्नत जातको गाई, भैँसी पालन गर्न समेत अनुरोध गरे । ग्लोबल डेरी प्रालिले पुर्व नवलपरासीदेखि पश्चिम कैलाली, कञ्चनपुरसम्म आफ्नो शाखा विस्तार गरेको उनले जनाए । कार्यक्रममा कृषक प्रेम प्रसाद भट्टराई, रामकरण यादवले किसानको समस्या र गाउँपालिकाबाट पाउनुपर्ने सेवा सुविधाको बारेमा मन्तव्य राखेको थिए ।
विजयनगर इन्चार्ज राज कुमार यादव, ल्याब टेक्निसियन राजेन्द्र सिंह लोध लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । वित्तीय अधिकृत शंकर पाण्डेले सञ्चालन गरेकाे कार्यक्रममा दुध संकलन प्रमुख पिन्टुराम चौधरीले स्वागत मन्तव्य गरेकाे थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























