दिपक खड्का चन्द्रौटा कपिलवस्तु ।

अखिल नेपाल किसान महासंग कपिलवस्तुले शिवराज नगरपालिका नगर प्रमुख अजय थापालाई किसानहरुको समस्या बारे ध्यान आकर्षण गराउदै घोषणापत्र बुझाएको छ ।


घोषणापत्र बुझ्दै नगर प्रमुख थापाले नगरको प्राथमिकतामा कृषि क्षेत्र रहेकोले नगरले विभिन्न योजन बनाइ किसानहरुलाई कृषि पेशाप्रति उत्प्रेरण जगाउने कार्य भइरहेको बताए । नगर तथा वडाले किसानहरुलाई बिउ विजनमा सहुलियत उपलब्ध गराएको बताए ।
थापाले नगरको प्रमुख समस्या छाडा पशुचौपाया भएको र यसले नगर क्षेत्रका किसानहरुको बालिनाली नोक्सानी गर्दे आएकोमा समाधानको प्रयास तर्फ लागेको बताए । उनले छाडा चौपाया ब्यवस्थापन चुनौतीपूर्ण भएको र छिटै समाधान गरिने बताए ।
अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति कपिलवस्तुले आयोजना गरेको जिल्ला स्तरीय कार्यशालाले जिल्लावाट आएका १० वटा पालिकाका १२८ जना किसान नेता कार्यकर्ता कृषि उत्पादक र विज्ञहरुको उपस्थितीमा मिति २०८० असोज ६ गते वाणगंगामा ४९ बुँदै घोषणापत्र जारी गरेको प्रदेश कमेटी सदस्य ज्ञानीराम सापकोटाले जानकारी दिए ।
कार्यशाला गोष्ठीले कपिलवस्तुको पशुचौपायाहरुमा महामहारीको रुपमा फैलिएको लप्पी स्किन रोगको नियन्त्रण खेतीको समयमा किसानहरुलाई आवश्यक पर्ने मल,बिउ,पूँजी, र प्रविधि सेवा र आधुनिक ज्ञान सीपलाई प्रभावकारी रुपमा किसानको घरदैलोमा पुर्याउने माग राखेका थिए ।
अध्यक्ष रेशम बहादुर के.सी द्वारा हस्ताक्षर घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुलाई कार्यन्वयन गर्न कपिलवस्तुका १० वटा पालिकाहरुको ध्यान आकर्षण गराउने र किसान महासंघ कपिलवस्तुको संगठन निर्माण तथा विस्तार र सुदृढीकरण गर्न १ वर्षे अभियान संचालन गरिने घोषणपत्रमा उल्लेख गरिएको छ ।