उमरीमा अवस्थित श्री वैष्णो देबी मन्दिर, शिव मन्दिर उमरी गुफाको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न ।
कमल बिष्ट, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका १ नम्बर वडा उमरीमा अवस्थित यश क्षेत्रको धार्मिक महत्व बोकेको पर्यटकीय स्थल श्री वैष्णो देबी मन्दिर, शिव मन्दिर उमरी गुफाको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले राजश्री भुसालको अध्यक्षतामा १५ सदस्यीय संरक्षण समिति चयन भएको छ जसको उपाध्यक्षमा बालिका अधिकारी, सचिबमा शान्तिकुमारी जिसी, सह-सचिब विष्णुबहादुर खत्री, कोषाध्यक्ष भरोसे थारू र सदस्यमा गङ्गा घर्ती मगर, फानेश्वर न्यौपाने, मानबहादुर थारू, टीका बिक, गौरव थारू, हरिराम थारू, देबेन्द्र राना, संगीता परियार र रामलखन थारू रहेका छन् ।
पछिल्लो समय लुम्बिनी प्रदेश सरकारको बजेट बाट बाउन्ड्री बाल निर्माण पछि संरक्षण र सुन्दरता दुबै बढेको छ, मन्दिर लाई थप व्यवस्थित बनाउदै संरक्षण गर्न नयाँ समिति लाई कार्यक्रमका अतिथि वक्ता हरूले शुभकामना व्यक्त गरेका थिए, कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले धार्मिक आस्था र एतिहासिक मठ मन्दिरहरू राष्ट्रका सम्पदा भएकाले त्यसलाई जोगाउन सके मात्र कला धर्म संस्कृति जोगाउन सकिनेमा जोड दिदै त्यस तर्फ आफू सधै साथमा रहेको बताउदै यसमा सबै नागरिकले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम विष्णुबहादुर रायमाझीको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, शिवराज १ का वडा अध्यक्ष खिमबिक्रम केसी, शिवराज १ का पूर्व वडा अध्यक्ष तथा कार्यक्रम संयोजक जगतबहादुर घर्ती क्षेत्री, पुष्पराज अधिकारी, फानेश्वर न्यौपाने लगायतको आतिथ्यता र शान्तिकुमारी केसीको सन्चालनमा सम्पन्न भएको कार्यक्रमका संयोजक जगतबहादुर घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























